

वीरगन्ज । पर्सा प्रहरीले वीरगन्जबाट लाखौं रकम सहित दुईजना हुण्डी कारोबारी नियन्त्रणमा लिएको छ ।
प्रहरीले वीरगन्ज महानगरपालिका वडा नं. २ ईदगाह चौकबाट १४ लाख १३ हजार नेपाली रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको हो ।



उक्त रकम सहित वीरगन्ज महानगर २ घुसुकपुरका ३९ वर्षीय संजय साह र बारा महागढीमाई नपा ४ बगडमपुरका ४१ वर्षीय शनि कुमार ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बिहीबार विशेष सूचनाका आधारमा पर्सा प्रहरीले छुटै टोली परिचालन गरी बीरगंजको इदगाह चौकबाट दुईवटा मोटरसाइकल चेकजाँच गर्दा साहले चलाएको मोटरसाइकलबाट १० लाख र ठाकुरले चलाएको मोटरसाइकलबाट ४ लाख १३ हजार ५ सय श्रोत खुल्न नसकेको रकम बरामद गरी दुवै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्राले बताए ।
वीरगन्जमा हुण्डी कारोबारको सञ्जाल बढ्न थालेपछि त्यसको जालो भत्काउन पर्सा प्रहरीले अभियान नै चलाएका छन् ।
पक्राउ परेका दुवै जना हुण्डी कारोबारी भएकोले प्रहरीले जिल्ला अदालत पर्सामा म्याद थप गरी आवश्यक अनुसन्धान अगाडी बढाइएको पर्सा प्रहरी प्रमुख एसपी मिश्रले बताए ।