
काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरी खरानीबाट उठेर नागरिकको सुरक्षाका लागि खटिएको बताएका छन् ।
शनिवार ट्राफिक सप्ताह तथा दुर्घटना न्यूनीकरण विशेष अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।




जेन–जी आन्दोलनका क्रममा नेपाल प्रहरीका भवनहरू जलाइएको, धेरै क्षति गरिएको भएपनि खरानीबाट उठेर नागरिकको सुरक्षाका लागि खटिरहेको बताए । प्रहरी कर्मचारीहरूले दुःखको अवस्थामा आफ्नो दायित्वबोध गरेर अभावमा खुट्टामा जुत्ता नहुँदा, शरीरमा लुगा नहुँदा पनि नागरिकको सुरक्षालाई प्राथमिक रूपमा दिनुपर्ने दायित्वबोधका साथ काम गरिरहेको बताए ।

कुनैपनि व्यक्तिगत इच्छा,आकंक्षा र इन्द्रिय सुखबाट माथि उठेर नागरिक सुरक्षामा लाग्न निर्देशन दिए ।
उनले भने ‘जेन–जी आन्दोलनमा यो भवनहरू जलेका, सबै क्षति भएका छन् । खरानीबाट हामी उठेर अब फेरि नागरिकको सुरक्षाका लागि खटिने प्रयत्न गरिरहेका छौँ । यो ट्राफिक प्रहरीले पनि गरेको छ । यी सबै तमाम प्रहरी कर्मचारीहरू दुःखको अवस्थामा आफ्नो दायित्वबोध गरेर अभावमा खुट्टामा जुत्ता नहुँदा, शरीरमा लुगा नहुँदा पनि नागरिकको सुरक्षालाई प्राथमिक रूपमा दिनुपर्ने दायित्वबोध गरेर आएका छौँ । कुनैपनि व्यक्तिगत इच्छा,आकंक्षा र इन्द्रिय सुखबाट माथि उठेर माथिल्लो तहको नागरिक सुरक्षाको तहमा काम गर्ने प्रण गरौँ ।’
प्रहरी महानिरीक्षक कार्कीले सबैको जिम्मेवारी सभ्य नागरिक बन्ने हुनुपर्ने बताए । कानुन कार्यान्वयनले कानुनी शासन ल्याउने र कानुनी शासनले सुशासन, सुशासनले समृद्धि र समृद्धिबाट सभ्यता कायम रहने बताए ।
