2024-03-28

Close

जनकपुरधाम । नेपाल रेल्वेको जनकपुरधामस्थित कार्यालयमा पूर्वकर्मचारीहरूले लगाएको ताला सुरक्षाकर्मीले तोडेका छन् ।

कुनै प्रक्रिया पूरा नगरी गुपचुप कर्मचारी भर्ना गरेकालाई हटाउनुपर्ने माग राखेर पूर्वकर्मचारीहरूले माघ १३ मा रेल्वे कार्यालयमा तालाबन्दी गरेर धर्ना बस्दै आएका थिए ।

तालाबन्दीका कारण चार दिनदेखि कार्यालयको कामकाज ठप्प थियो । रेल्वेका महाप्रबन्धक निरञ्जन झाले प्रहरीबाट कार्यालयको ताला तोड्न लगाएपछि आन्दोलित पूर्वकर्मचारीहरूले प्रशासनविरूद्ध प्रदर्शन गरेका छन् । कार्यालयको सुरक्षार्थ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

तत्कालीन रेल्वेका महाप्रबन्धक गुरु भट्टराईले ज्यालादारीमा नियुक्त गरेका कर्मचारीलाई हटाएर प्रक्रियाबिनै ६० जना नयाँ कर्मचारी नियुक्त गरेपछि महाप्रबन्धक झा विवादमा तानिएका छन् । राज्यले लगानी गरेर तालिमप्राप्त आफूहरूलाई हटाएको र घुस खाएर कर्मचारी नियुक्त गरेको भन्दै झालाई हटाउन आन्दोलनकारीको माग छ ।

ईन्द्रजीत गोइतले आफूहरूले कार्यालयमा लगाएको ताला सुरक्षाकर्मीबाट तोड्न लगाएको र शान्तिपूर्ण रूपमा धर्ना समेत बस्न नदिएको गुनासो गरे । उनले भने, ‘भ्रष्ट महाप्रबन्धक झाले शान्तिपूर्ण आन्दोलनमा ज्यादती गर्न लगाएका छन् ।’

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds