
जनकपुरधाम । धनुषामा युथ भोलिन्टियर फोर्स घोषणा गरिएको छ । राजन यादवको नेतृत्वमा ३६ सदस्यीय फोर्स घोषणा गरिएको हो ।
नेकपा एमाले धनुषाको जनकपुरधाममा आज युथ भोलिन्टियर फोर्सका केन्द्रीय हेडक्वाटर कमान्डर सदस्य लभ अधिकारीले धनुषाको जिल्ला समन्वय फोर्स घोषणा गरेका हुन् ।




युथ भोलिन्टियर फोर्स धनुषाको सहायक कमाण्डरहरुमा अनित यादव र बिरेन्द्र यादवसहितको जिल्ला समन्वय फोर्स घोषणा गरिएको हो । युथ भोलिन्टियर फोर्सले पहिलो जिल्ला नेतृत्व घोषणा गरेको हो । युथ भोलिन्टियर फोर्सका केन्द्रीय हेडक्वाटर कमाण्डर लभ अधिकारीले उनीहरुलाई सपथग्रहण गराएका छन् ।

अधिकारीले नेपाली जनताको सुरक्षाका लागि देशभर संगठन विस्तार गर्ने जानकारी दिए । उनले धनुषामा पहिलो पटक जिल्ला फोर्स घोषणा गरेको बताउँदै देशभित्र भइरहेका विदेशी चलखेल विरुद्ध युवाहरु एक हुन आह्वान गरेका छन् । उनले देश जलाउने र बनाउनेबीचको भिन्नता छुट्टाएर अघि बढ्न युवाहरुलाई सुझाव दिए ।
घोषणा कार्यक्रममा मोहमद सदाम, इन्द्रजित यादवलगायतले मन्तव्य राखेका थिए ।
युथ भोलिन्टियर फोर्स जिल्लाको टोलटोलमा सुरक्षा दस्ताका रुपमा गठन गर्दै जाने धनुषाका कमाण्डर राजन यादवले जानकारी दिए ।
