रास्वपा मधेशका सभापति एवं प्रतिनिधिसभा सदस्य ई. यादवलाई वीरगन्जमा सम्मान

वीरगन्ज । नेसनल इन्जिनियर एसोसिएसन नेपाल पर्साले राष्ट्रिय स्वतन्त्र पार्टी मधेश प्रदेशका सभापति एवं प्रतिनिधिसभा सदस्य ई. तपेश्वर यादवलाई सम्मान गरेको छ ।

नेसनल इन्जिनियर एसोसिएसन नेपालका केन्द्रीय महासचिवसमेत यादवलाई एक कार्यक्रमका बिच वीरगन्जमा सम्मान गरेको हो ।

बिज्ञापन

सिराहा क्षेत्र नम्बर ४ बाट निर्वाचित ई. यादवले इन्जिनियरिङ पेसाबाट राजनीति उचाइ प्राप्त गर्दै अगाडि बढदै बढदै गरेकाले आफू सधैँभरि इन्जिनियरहरूको हक अधिकारका लागि आवाज उठाउने बताए ।

नेसनल इन्जिनियर एसोसिएसन नेपाललाई स्वतन्त्र संघको रूपमा स्थापना गरेर राजनीतिमा सक्रिय भएर अगाडि बढिरहेकाले सम्मान गरिएको पर्साका अध्यक्ष शिवचन्द्र यादवले जानकारी दिए ।

उनका अनुसार देशभरि स्वतन्त्र रूपमा रहेका सक्रिय इन्जिनियरहरूलाई एकताबध बनाएर अगाडि बढाउनमा उनले महत्त्वपूर्ण भूमिका खेलेको अवस्था छ ।

साथै, उनले भदौ २३ र २४ को जेन-जी आन्दोलनपछिको राजनीतिक परिवेश र अहिलेको जनचाहनाअनुसार अहिले युवाहरू प्रतिनिधिसभा सदस्यमा प्रवेश गरेका कारण देश बनाउने बताए ।