
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशन नजिकिँदै धनुषा जिल्ला सभापतिमा लक्ष्मेश्वर यादवकाे समर्थकहरु कायमै रहने बताएका छन । विशेषगरी पार्टीका कार्यकर्ताबीच उनको नेतृत्व क्षमताबारे सकारात्मक चर्चा भइरहेको बुझिएको हाे ।
रास्वपाका धनुषा जिल्ला सभापतिमा यादवकाे तुलनामा काेइ देखा परेनन् भ्रष्टाचार बिरुद्ध तथा सुशासन कायम देश परिवर्तन काे नारा साथ निरन्तर आवाज उठाउदै आएका छन ।




सभापतिकाे गृह नगर देखि जिल्लाभर व्यापक चर्चा भइरहेको देखिन्छ भने पार्टी निकट स्रोतका अनुसार आगामी जिल्ला अधिवेशनलाई लक्षित गर्दै रास्वपा धनुषामा नेतृत्व सम्हालेका यादव विषयले चर्चा पाउन थालेको छ भने पार्टीको निति नियम र निर्देशन अनुसार चासो समेत बढ्दो क्रममा रहेको देखिन्छ । यता अन्य दलका कार्यकर्ता पार्टी छाडेर रास्वपामा प्रवेश गर्ने बढदै गएको हाे ।
