2024-04-30

Close

जनकपुरधाम : नेपाली काँग्रेसकी समानुपातिक प्रदेश साँसद सरस्वती चौधरीसँग रकम माग्न गएका एक ठेकेदार कुटिएका छन् । संसदीय विकास कोषको रकमबाट गरेको विकास योजनाको रकम साँसद चौधरीसँग मागेपछि ठेकेदार नविन यादब कुटिएका हुन् ।

लक्ष्मीनिया गाउँपालिका ३ घर भएका ठेकेदार यादबलाई साँसद चौधरीका छोरा अजित मण्डल, जितेन्द्र यादब र पप्पु दासले जनकपुरमै कुटपिट गरेका छन् । शहिदनगर नगरपालिका र जनकपुरमा पिसिसि ढलान गर्न लगाएर साँसद चौधरीले रकम नदिएको पीडित ठेकेदारले गुनासो गरे । उनले भने– आजभोली गर्दागर्दै अहिलेसम्म रकम दिएको छैन । मागेपछि गुण्डा लगाएर कुटपिट गर्न लगायो ।’

कुटिएका ठेकेदार यादबले अप्पन जनकपुरसंग भने– साँसद चौधरीले कमिशन मागेकी थिइन् । कमिशन नदिने बताएपछि रकम दिन मानेकी छैन । आज रकम माग्न गएपछि जानकी मन्दिर नजिकैबाट साँसद चौधरीले आफ्नो घर लगेर कुटपिट गर्न लगाएकी छन् ।’


ठेकेदार यादबले साँसद चौधरीको संसदीय विकास योजना अन्तर्गत जनकपुरधाम १४ ब्याहुत सुडी सेवा समितिदेखि विजय यादवको घरसम्म २ सय मिटर सडकमा पिसिसि ढलान र शहिदनगर नपा ९ कियोटानी टोलको डिहबार स्थानदेखि अजय श्रीवास्तवको घरसम्म ३४५ मिटर पिसिसि ढलान गरेको बताएका छन् ।

उनका अनुसार जनकपुरको पिसिसि ढलान र नाला निर्माणका लागि २७ लाख र शहिदनगरको पिसिसि ढलानका लागि ५६ लाख ६४ हजार बजेट छुट्याइएको थियो । जनकपुरमा साँसद चौधरीले आफ्नै भाई सुनिल ठाकुरलाई उपभोक्ता समितिको अध्यक्ष र छोरी सपना चौधरीलाई कोषाध्यक्ष बनाएकी थिइन् । यस्तै शहिदनगरमा दुर्गानन्द रजकलाई अध्यक्ष बनाइएको थियो ।

उपभोक्ता समिति बनाएपनि साँसद चौधरीले काम गर्न ठेकेदार यादबसंग सम्झौता गरेकी थिइन् । कमिशनमा कुरा नमिलेपछि साँसद चौधरीले आफ्न्तलाई उपभोक्ता बनाएको रहस्य पनि खुलेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds