काठमाडौं : पूर्व युवराज्ञी हिमानी शाह छठ मनाउन वीरगन्जको प्रसिद्ध घडिअर्वा पोखरीको छठ घाट पुगेकी छन्। पूर्व युवराज्ञी शाह बुधबार अपरान्ह काठमाडौंबाट जहाजमा सिमरा उत्रिएर छठको साँझको अर्घ्यमा सहभागी भएकी हुन् ।
सामाजिक काममा सक्रिय हिमानी छठ पर्वमा पूजा गर्न उपत्यकादेखि समयमा तराई मधेशका घाटमासमेत पुगिरहेकी छन्।
हिमानीलाई वीरगञ्जमा बारा र पर्सास्थित राजावादीहरुले स्वागत गरे। साह पुग्नु पहिले घडिअर्वा हेलिकोप्टरबाट पुष्पवृष्टि पनि गरिएको छ। शाहले बिहीबार बिहान प्रसिद्ध माइस्थान मन्दिर दर्शन गरेपछि काठमाडौं फर्किने तयारी गरेकी छन्।
This will close in 20 seconds