2024-04-30

Close

उत्तर प्रदेश – योगी आदित्यनाथ लगातार दोस्रोपटक उत्तर प्रदेशको मुख्यमन्त्री बनेका छन् । आज उनले पुनः मुख्यमन्त्री पदको शपथ खाएका हुन् ।

उनलाई गभर्नर आनन्दीबेन पटेलले पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाह र भाजपा अध्यक्ष जेपी नड्डा पनि उपस्थित थिए ।

शपथ ग्रहण समारोहमा उनीबाहेक कैयौं केन्द्रीय मन्त्रीको पनि उपस्थिति थियो । त्यहाँ बिहारका मुख्यमन्त्री नितिश कुमार, मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान, हरियाणाका मुख्यमन्त्री मनोहर लाल खट्टर, असमका मुख्यमन्त्री हिमन्त विश्व शर्मा, उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी पनि उपस्थित थिए ।

यसपटक आदित्यनाथले केशवप्रसाद मौर्यका अलावा योगी ब्रजेश पाठकलाई पनि उपमुख्यमन्त्री बनाएका छन् । सिरथुबाट चुनाव हारेका मौर्यलाई पार्टी नेतृत्वले विश्वास गरेर उपमुख्यमन्त्री बनाएको हो ।

तर, अघिल्लो सरकारमा उपमुख्यमन्त्री रहेका दिनेश शर्माले निरन्तरता पाउन सकेनन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds