2024-04-27

Close

बिरगंज, जेठ ९ / पर्सा क्षेत्र नं. १ बाट निर्वाचित जनता समाजवादी पार्टीका संघीय सांसद प्रदीप यादवले पर्सामा तत्काल दश हजार थान भिटिएम कीट पठाई पीसिआर टेस्टको दायरा बढाउन मांग गरेका हुन ।

शुक्रबार समाजिक सञ्जालमा लेख्दै सांसद यादवले वीरगंजमा पीसिआर मेसिनबाट प्रशिक्षण चालु छ तर परीक्षणको लागि चाहिने भिटिएम कीट नहुँदा पर्सामा खतरापूर्ण अवस्था आएकोले यसलाई गम्भिरतापूर्वक लिएनौ भने अवस्था झनै गम्भिर हुन सक्छ, त्यसकारण मात्र हजार थान भिटिएम पठाएर पन्छने काम नगर्नुस् भनेर स्वास्थ्य मन्त्रीलाई उनले आग्रह गरेका छन् ।

पर्सामा कोरोना केस बढ्दै जाँदा तत्काल भिटिएम कीट पठाउन र पीसिआर टेस्टको दायरा बढाई टेस्ट र ट्रेसमा सुधार गरी थप खतरा आउनबाट रोक्न स्वास्थ्य मन्त्रीलाई उनले ध्यानाकर्षण गराएका हुन ।

पर्सा क्षेत्र नं. १ मा पर्ने छपकैया, इनार्वा, नागवा र मूली तथा पर्साको छिपहरमाई गाउँपालिकामा  कोरोनाको पोजेटिभ केस बढिएको पाएदेखि जनमानसमा चिन्ता व्याप्त रहेको लेख्दै प्रारम्भिक कन्ट्याक्ट ट्रेसिङमा आएको नतिजा देखेर आफू अत्यन्तै दुःखी भएको बताएका छन् ।

कोरोनाको उच्च जोखिममा रहेको पर्सालाई कोरोना कहरबाट बचाउँन आज स्वास्थय मन्त्री भानुभक्त ढकाललाई फोन गरेर पनि चाँडो भन्दा चाँडो भिटिएम कीट पठाई पीसिआर टेस्टको दायरा बढाउन आफू आग्रह गरेको सांसद यादवले बताए । सांसद यादवको अग्रहपछि स्वास्थ्य मन्त्री ढकालले पनि यो समस्यालाई चाँडै नै सामाधान गर्ने आवश्वासन दिएको सांसद यादवले बताए ।

कोरोनाको कहर रोकथाम तथा नियन्त्रण गर्न सरकारले जारी गरेको झण्डै २ महिनादेखीको लकडाउनमा वीरगंज बासी कोरोनाको उच्च जोखिममा नपरुन भने उदेश्यले सांसद यादवले नारायणी अस्पतालका चिकित्सक, एम्बुलेन्स चालक, सञ्चारकर्मी लगायत क्षेत्र नं. १ मा पर्ने प्रत्येक स्वास्थय चौकीहरुमा पछिल्लो समय स्वास्थ्य सामग्री पनि वितरण गरेका थिए ।

पछिल्लो समयदेखी नेपालमा कोरोनाको संक्रमण बढ्दै जाँदा पनि सरकार र जनतको दुःखमा निजी अस्पतालहरु खडा नभएको भन्दै सातै प्रदेशमा आधुनिक स्तरको एक हजार सैया अस्पताल र प्रयोगशाला निर्माण गर्नु पर्ने कुरामा जोड दिदै उनले  निजी अस्पतलाई राष्ट्रियकरण गरेर भएपनि देशको जनतालाई कोरोना कहरबाट बचाउँने कसरतमा बारम्बार संसदमा आवाज उठाउँदै आएका छन् ।

उनी जनताको स्वास्थ्यका निमित कोरोनाको साथ–साथै भोलीका दिनमा कुनै पनि महामारीबाट लड्न सक्ने सात वटै प्रदेशमा राष्ट्रिय स्तरको टेकु जस्तो प्रयोगशाला र प्रत्येक स्थानीय तहमा कम्तिमा ५० सैयाको अस्पताल निर्माण गर्न अति नै आवश्यक रहेको कुरालाई विगतदेखी नै उठाउँदै आईरहेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds