2024-04-19

Close

रौतहट बस्ने २२ बर्षका पत्रकार दिपेश कुमार शाहको भनाइ यात्रा छोटो नै किन नहोस तर यादगार हुनु जरुरि छ रंग कालो नै किन नहोस तर बफादार हुनु जरुरि छ ।आफ्नो बनाउन हजार गुणहरु पनि कम हुन्छ तर छोड्नको लागि एक वैगुन नै काफी हुन्छ । जिन्दगिको बाटो त कहाँ सकिन्छ र मित्र गन्तव्य त तब मिल्छ जब हाम्रो चाहनाहरु सकिने गर्दछन ।ओठमा मुस्कान त देखिन्छ तर हृदयमा जहर भरिएको छ यही नै आजको जिन्दगिको कहर छ ।प्रेम भनेको हृदय देखि हुनुपर्दछ, किस्मत त के थाहा कहिले बदलिन्छ ।मानिसहरुबाट सुनेको थिए कि समय बदलिने गर्दछ तर समयले बतायो कि मानिस पनि बदलिने गर्दछन । स्वार्थीको पहीचान उ संग नजिकिदै जाँदा थाहा हुन्छ भने निस्वार्थीको पहीचान; उ जती टाढा हुंदै गयो त्यती महशुस हुन्छ यो झरी सङ्ग पनि केही सम्बन्ध छ जब जब झरी पर्दै जान्छ तब तब उनको याद बढ्दै जान्छ।धनीहरु मन्दिर भित्र भिख माग्छ्न गरिब हरु बाहिर धनी र गरिब को फरक यत्ती हो

सफलताको कारण खुसी होइन, खुसीको कारण सफलता हो त्यसैले जुन कामले तपाईलाई खुसी दिन्छ त्यहि कामले तपाईलाई सफल पनि बनाउने छ ।कुनै समय थियो मा हास्दै उठ्ने गर्दथे; तर आज समय यस्तो छ कि विना हासो साझ पर्ने गर्दछ ।निकै टाढा सम्म जानु पर्दछ यो थाहा पाउन कि आफ्नो नजिक को छ ।मानिसहरुलाई जाच्नु छ भने बस यति भनिदेउ ‘म समस्यामा छु आफैमा भरोसा गर्न सिक्नुस मित्र, किनकि अरुमा तपाईले जति नै भरोसा गरे पनि एकदिन छोडेर जाने नै छन ।म मर्दा रुने लाखौ हुनेछन तर मेरो खोजी उसको हो जो म रुदा मर्नेछ ।
एक्लोपनलाई मेरो शोख नसम्झनु मित्र; यो त बडो प्यारले कोही आफ्नोले दिएको उपहार हो ।सत्य कुराले एकछिन पीडा दिन सक्छ तर झुटो कुराले जीवनभर पीडा दिने गर्दछ ।
आफुलाई बचाउनको लागि अरुलाई दोषी नबनाउनु, किनकी सत्यलाई प्रकट गर्ने समय संग आफनै तरीका छ ।

असल मान्छे मात्र आफ्नो कर्मले चिनिन्छ, किनकी राम्रो कुरा त नराम्रो मान्छेलाई पनि गर्न आउछ ।बुढेसकालमा दुई छाक खाना तपाईको छोराले हैन, तपाईले दिएको संस्कार असल संस्कार दिनुस ।आफ्नो दिललाई समुन्द्र जस्तै बनाउ तब मात्र सानो तिनो नदीहरु तिमीलाई खोज्दै आउने छन ।आज भोली मित्रता एक हजारको नोट जस्तै भयेको छ विचार  गर्नु होला कतै नक्कली त हैन जो अन्तिममा गएर धोका दिने ।आफ्नो मान्छेको कदर समयमै गर किनकी मरे पछी त पराईले पनी दुई थोपा आँशु झारी दिन्छ ।घमण्ड आखिर कुन चिजको गर्नु छ आज माटो माथि हिड्दै छौ, भोली यही माटो मुनि त दबिनु छ ।
मानिस समय र भाग्य कतिखेर परिवर्तन हुन्छ पत्तै हुँदैन ।उसले सोध्यो, हाम्रो सम्बन्ध किन पहिले जस्तो छैन मैले पनि हास्दै जवाफ दिए, हाम्रो सम्बन्धमा अहिले हामी हैन म मात्रै छु, त्यसैले होला । करोडौको भिड किन नहोस, खोजी सधै एउटै अनुहारको हुन्छ जसलाई मनले खोजेको हुन्छ ।खुशी हरु आफु भित्र खोज्नु पर्छ अरु भित्र त स्वार्थ मात्र भेटिन् छ प्रेम गर्दा चाँही दुबैको सहमति हुनु पर्ने रे अनि बिछोडमा चाँही एक्लै निर्णय गर्दा हुन्छ रे, मायामा पनि कति अन्याय

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds