2024-03-28

Close

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका बरिष्ट नेता राजेन्द्र महतोले पाँच दलीय गठबन्धनमा सहभागी हुने र सरकारमा सामेल हुने सम्भावना बढेको बताएका छन् ।

आईतवार प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भेटपछि बरिष्ट नेता महतोले गठबन्धन र सरकारमा सामेल हुने विषयमा सकारात्मक छलफल भएको बताए ।

उनका अनुसार भेटमा मधेस आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता र सरकारमा सहभागी हुनेबारे छलफल भएको हो । प्रधानमन्त्री देउवाले आफ्ना कार्यकर्ताको मुद्दा फिर्ता लिन प्रक्रिया सुरू गर्ने प्रतिबद्धता जनाएको र सरकारमा सहभागी हुन समेत आग्रह गरेको उनले बताए ।

‘नागरिकता विधेयक पास भइसकेको छ । योसँगै हाम्रो एउटा माग पूरा भएको छ । अब मधेस आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता बाँकी छ । त्यो पनि प्रधानमन्त्रीले प्रक्रिया सुरू गर्ने भन्नुभएको छ,’ महतोले भने, ‘मुद्दा फिर्ता भइसकेपछि हामी सरकारमा सहभागी हुने बाटो खुल्छ । हामी पाँच दलीय गठबन्धनमा सहभागी हुने र सरकारमा सामेल हुने विषयमा सकारात्मक छलफल भएको छ ।’

सरकारमा सहभागिताबारे नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु स्वदेश फर्किएपछि अघि बढ्ने महतोले बताए । प्रचण्ड अहिले जापान भ्रमणमा छन् ।प्रतिनिधिसभा विघटन नभएकाले सरकारमा सहभागी हुन मिल्ने महतोले बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds