2024-04-25

Close

निशान भट्टराई र किसु थापाको आवाजमा रहेको ‘म त तिम्रै हुँ’ बोलको गीतको म्यूजिक भिडियो शुक्रवार सार्वजनिक भएको छ । सिमरामा आयोजित एक कार्यक्रमकाबीच गायक भट्टराईको अफिसियल युट्यूब च्यानलबाट सो भिडियो सार्वजनिक गरिएको हो ।

गायक तथा संगीतकार विकास पाण्डेको शब्द र संगीत रहेको गीतको म्यूजिक भिडियोमा युवराज केसरी र रितु चौधरीले अभिनय गरेका छन् । बाराको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा निर्देशन, छायांकन र सम्पादन विकास गुरुङले गरेका छन् ।

सिमरास्थित बिएस मेकरका संचालक गुरुङले छायांकन, निर्देशन र सम्पादन गरेको यो पहिलो गीत हो । गीतको एरेन्ज अभि अमृत ल्वागन र एडिस्नल एरेन्जमेन्ट मुम्बइमा कार्यरत एनएस आर्याले गरेका हुन् । भिडियोमा अटो चालक र एक युवतीबीचको प्रेमकथालाई प्रस्तुत गरिएको छ ।

कार्यक्रममा बोल्दै संगितकार पाण्डेले करिब डेढ महिनादेखिको मिहेनतले सफलता प्राप्त भएको बताएका छन् । भिडियो सार्वजनिक कार्यक्रमका लागि सिमरा पुगेका गायक भट्टराईले उत्कृष्ट शब्द र संगीत रहेका कारण आफूले सो गीतका लागि काम गरेको बताए । गायक भट्टराईले उत्कृष्ट टिमकाबीच काम गर्न पाँउदा आफू उत्साहित रहेको प्रतिक्रियासमेत दिए । कार्यक्रममा सहभागी गायक कमल के क्षेत्री, भोजपुरी गायक प्रमोद जख्मी, गायक देवेन्द्र कार्की, निर्माता प्रदीप गौतम सहभागी थिए ।

गायक क्षेत्रीले उत्कृष्ट शब्द, संगीत, छायांकन र निर्देशनले गीत अत्यन्तै हेर्न र सुन्नलायक बनेको प्रतिक्रिया दिए । कार्यक्रममा भिडियो निर्माणका लागि विभिन्न क्षेत्रबाट सहयोग गर्ने युवा समाजसेवी श्यामबाबु गुप्ता, साहित्यकर्मी रामप्रसाद अधिकारी, चेम्बर अफ कमर्सका जिल्ला अध्यक्ष रुपेश पोखरेल, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा, चेम्बर अफ कमर्सका नगर अध्यक्ष मनलाल श्रेष्ठलगायतको उपस्थिती रहेको थियो । https://youtu.be/uyhTZTsXFaw

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds