
जनकपुर धाम कार्तिक २१, धनुषाको एक विद्यालयमा विद्यालय भवनको पर्खाल भत्किँदा एक छात्राको मृत्यू भएपछि धनुषा जिल्ला प्रमुख प्रदीप राज कनेलले पीडित परिवारलाई एक लाख सहयोग गरेको छ।
गत असोज ३० गते जनकनन्दिनी गाउँपालिका वडा नं. ४ स्थित रहेको उच्च मावि खजुरीमा विद्यालय भवनको पर्खाल भत्किंदा पढिरहेकै अवस्थामा त्यसमा च्यापिएर स्थानीय जनकनन्दिनी गाउँपालिका वडा नं. ४ बस्ने राजकुमार सदाकी अन्दाजी बर्ष ७ की चँचला सदा उपर पर्खाल ढल्दा उनको मृत्यू भएको थियो ।




सिडियो कनेलले बुधबार पीडित परिवारलाई जिल्ला प्रशासन कार्यलयमै बोलाएर स्थानीय मनोज कुमार साहको रोहबरमा जिल्ला विपत व्यवस्थापन समितिको कोषबाट एक लाख रुपैया सान्तावना स्वरुप हस्तान्तरण गरेको छ।

स्थानीय साहको अनुसार केहि दिन अगाडि धनुषाको जनकनन्दनी गाउपालिका वडा नं.४ स्थित रहेको मुसहर समुदायको बस्तीमा असहाय संरक्षण मन्च नेपालले छैठ पुजाको अवसरमा लुगा वितरण कार्यक्रम सिडियो कणेलले एक लाख दिने घोषणा गरेका थियो।
साहले असहाय संरक्षण मन्च नेपालको उपाध्यक्ष समेत रहेको छ।
                
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          