2024-04-18

Close

जनकपुरधाम । सशस्त्र प्रहरी धनुषाले लागू औषधसहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका वडा नम्बर–४ मखना बस्ने ३४ वर्षीय खालिल राईन र गणेशमान चारनाथ नगरपालिका–४ बिरेन्द्रबजार बस्ने २७ वर्षीय गुड्डु आलम रहेका छन् ।

आइतबार साँझ विदेह नगरपालिका–१ महिनाथपुरस्थित महिनाथपुर नाकामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट महिनाथपुरबाट सशस्त्र प्रहरी निरीक्षक गणेश दत्त पाण्डेयको कमाण्डमा खटेको टोलि र प्रहरी चौकी ठाडीबाट नेपाल प्रहरी सहितको संयुक्त टोलिले भारतबाट नेपालतर्फ आउँदै गरेको दुबैजनालाई चेकजाँचको क्रममा पक्राउ गरेको थियो ।

प्रदेश–२–०२–००४प ६३१५ नम्बरको मोटरसाइकलमाथि शंका लागि चेकजाँच गर्दा खालिलले लगाएको हाफ ज्याकेट भित्र कालो प्लाष्टिकको झोलामा लुकाई राखेको अवस्थामा डाईजेपाम ईन्जेक्सन ७५ वटा (प्रति ईन्जेक्सन २ एम.एल.), फेनारगन ईन्जेक्सन ७० वटा (प्रति ईन्जेक्सन २ एम.एल.) र आई पि पि एल ईन्जेक्सन ७५ वटा (प्रति ईन्जेक्सन २ एम.एल.) बरामद भएको सशस्त्र प्रहरी ८ नम्बर गण हेडक्वाटर धनुषाले जनकारी दिएको छ ।

पक्राउ परेका दुबैजनालाई कानुन बमोजिम कारवाहीका लागि ईलाका प्रहरी कार्यालय खजुरीको जिम्मा लगाइएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds