2024-09-07

Close

जनकपुरधाम । गत माघ ३ गते ‘प्रदेश नम्बर–२’ को नाम ‘मधेश प्रदेश’ कायम गरियो । प्रदेश सभाको दुई तिहाइभन्दा बढी मतले प्रदेशको नाम ‘मधेस’ पारित गरिएको थियो । प्रदेशसभामा भएको मतदातामा दुई तिहाइभन्दा बढी मतबाट प्रदेशको नाम पारित भएको थियो ।

मतदानमा सहभागी ९९ जना प्रदेशसभा सदस्यमध्ये मधेश प्रदेशको प्रस्तावमा ८० मत परेको थियो ।

तर, प्रदेशको नाम पारित गरिएको एक वर्ष पुगेपनि प्रदेश सरकारको कानुन कार्यान्वय गर्ने मुख्य थलो ‘मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय’ ले आफ्नो पूरानो लेटरप्याड अझै परिवर्तन गरेको छैन् ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको लेटरप्याडमा अहिलेसम्म प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय ‘प्रदेश नम्बर–२’ जनकपुरधाम लै लेखिएको छ ।

शुक्रबार मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएपछि पदभारसमेत ग्रहण गरेसँगै मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको लेटरप्याडको आफ्नो पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् ।

मुख्यमन्त्री यादवले सो लेटरप्याडमा लेखेका छन्, ‘सेवालाई विद्युतिय सञ्जालमा आवद्ध गरी सेवाप्रवाहलाई प्रभावकारी बनाउन तथा प्रदेशको प्रशासनलाई डिजिटल प्रणालीमा जोडी ‘प्रदेश प्रशासन डिजिटल शासन’ को माध्यमबाट सुशासन कायम गर्न ई–गवर्नेन्स मास्टर प्लान निर्माण गर्नु आवश्यक देखिएकोले निर्णय हुन मनासिब देखि पेश गर्दछु ।’

सोही लेटरप्याडमा प्रदेश सरकारका प्रमुख सचिव कृष्ण बहादुर राउतले पनि ‘माथि पेश भएबमोजिम निर्णय हुन उपयुक्त देखि पेश गरेको छु’ भन्दै लेखेर हस्ताक्षर गरी सदर गरेका छन् ।

मुख्यमन्त्री यादव र प्रमुख सचिव राउतले हस्ताक्षर गरेको सो लेटरप्याडमा माथि नै प्रदेश नम्बर–२ लेखिएको स्पष्ट देखिन्छ । यसबाट प्रदेशको नामाकरण गर्नुअघिकै लेटरप्याड अहिलेसम्म पनि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले प्रयोग गर्दै आएको स्पष्ट हुन्छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर