परवानीपुर चौकमा ट्राफिक प्रहरीले विभिन्न चेकजाँचको बहानामा सवारीसाधनहरु सित पैसा उठाईरहेको समाचार प्राप्त भएको छ ।
वीरगञ्ज भन्सार कार्यालय, आईसिपी र सुख्खा बन्दरगाहबाट बिभिन्न उद्योगका लागि जाने कच्चा पदार्थ ढुवानी गर्ने सवारीसाधनहरुबाट ट्राफिक प्रहरी नायब निरीक्षक प्रबिण कार्कीको टोलीले विभिन्न चेकजाचको बहानामा अवैध रुपले गाईड परिचालन गरि रकम असुली गरिरहेको एक चालकले बताएका छन्।
सवारी व्यवस्थापनका लागि खटाएको ट्राफिक प्रहरीले नै मुख्य बाटोमे भारतीय मालबाहक सवारीसाधनहरुलाई दादागिरी तरीकाले गाईडहरुले रकम असुली गर्दे खुलेको छ ।
मालवाहक सवारीसाधनको ‘भारवहन नियम सम्बन्धी निर्देशिका २०७४’ मा तोकिएको क्षमताभन्दा बढी भार बोकेको पाइएमा त्यस्ता मालवाहक साधनलाई जरीवाना गरी बढी भएको मालसामान झार्नुपर्ने व्यवस्था छ । सोही कानूनमा टेकेर जाँचमा खटिएका ट्राफिक प्रहरीले ट्रक चालकसँग अनधिकृत रूपमा रकम असुल्ने गरेका छन् ।
ती सवारीसाधनका चालकहरु तथा एजेन्टमार्फत परवानीपुरमा रहेका कलकारखानाहरु सित रहेका ट्राफिक प्रहरीले अवैध असुली गरिरहेको स्रोतको दावी छ । प्रत्येक २ महिनामा ट्राफिक प्रहरी परिवर्तन हुने उक्त चोकमा अहिले ट्राफिकका इन्चार्ज प्रहरी नायब निरीक्षक प्रबिण कार्की हुन्। संरक्षणमा नै अवैध रुपमा रकम असुली गर्न कार्य भईरहेको स्थानियले बताएका छन्।
भारतिय सवारीचालक वकिल अंसारीले ट्राफिक प्रहरीले हामिलाई अनावशयक रुपले रुकेर विभिन्न किसिमको कागज पत्र दिनु भन्छन हामीले अाफ्नो सबै कागज पत्र दिएपनि नेपालमा यो हुदैन त्यो हुदैन भनेर प्रहरीले विभिन्न किसिमको दर धाक देखाई १हजार देखि २५ सय रुपैया सम्म लिएर छोडने गरेको छ। प्रत्येक दिन हजारौं हजार सवारी साधन ओहोर दोहोर गर्ने उक्त चोकमा सवारीचालकहरुले ट्राफिकको यस्तै नियति व्यहोर्नुपरिरहेको अंसारीले बताएका छन्।
त्यसैगरी ट्राफिक प्रहरीसँग समन्वय गरि सवारी छुटाउने दलालहरुले पनि प्रती गाडी १ हजार देखि १५ सयसम्म लिई ट्राफिक र दलालहरुले भागबण्डा मिलाउने गरेको पनि खुलेको छ । दलालहरुबाट समन्वय गरेका गाडीहरुलाई भने ट्राफिक प्रहरीले बिना चेक जाँच काउन्ट गरेर पठाउने गरेको चोकमा बस्ने जो कोहीले पनि देख्न सक्छ । तर, एजेन्ट दलालहरुको चपेटामा नपरेका र आफू खुसी आउने गाडीको चालकहरुलाई भने ट्राफिक प्रहरीले दुख दिने गरेका एक चालकले नाम नखोल्ने सर्तमा बताए ।अहिले ट्राफिक प्रहरीको चेकजाँचको नाममा पैसा असुल्ने रणनीतिका कारण परवानीपुर चोक सडकखण्डमा सवारी जाम समेत लाग्ने गरेको छ । सो जामको कारणले गर्दे मधेश प्रदेशमै सबैभन्दा बढी दुर्घटना परानीपुर चौकमा हुने गरेको छ।
त्यसैले पनि अहिले मालवाहक ट्रक, ट्यांकर तथा ट्रिपर व्यवसायीहरू ट्राफिकसँग आजित बन्न थालेका छन् । भारतबाट आउने मालवाहक ट्रकहरुमध्ये अधिकांश सवारी साधन ओभर लोड नै आउने गर्छ र ट्राफिकसँग समन्वय गरि एजेंटहरुले मालवाहक सवारीका साहुसँग ठेक्का मिलाई पास गराउँदै आएका छन् ।
क्षमताभन्दा बढी भार बोक्ने साधनलाई ट्राफिक प्रहरीले एक हजार पाँच सय रुपैयाँ जरीवाना तिराउन सक्छ । जरीवाना गरेर बढी भार मिलान गरेपछि मात्र जान दिनुपर्नेमा अनधिकृत रकम लिएर छाड्ने गरेको भेटिएको छ। यस्ता भ्रष्ट ट्राफिक प्रहरीले गर्दा सिंगो संगठन नै बदनाम भएकोप्रति सम्बन्धित निकायले ध्यान दिनु जरुरी छ ।