2024-05-11

Close

जनकपुरधाम भदौ ७ गते । धनुषामा चाउचाउ खाँदा एक बालिकाको ज्यान गएको छ भने उनकी आमा र भाई विरामी परेका छन् ।

धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ३ तेजनगर बस्ने स्थानीय सत्रुधन साहकी अन्दाजी बर्ष ६ की छोरी काजल साहको चाउचाउ खाएर मृत्यू भएको परिवारजनलाई उदृत गर्दै ईलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ । ज्याकपोट नामक चाउचाउ खाँदा काजलको मृत्यू भएको छ भने उनकी आमा अन्दाजी बर्ष २९ की पवित्री देवी साह र उनका भाई अन्दाजी बर्ष ४ का राकेश कुमार साह अस्पताल भर्ना गरिएको छ ।

शुक्रबार साँझ स्थानीय एक पसलबाट ज्याकपोट नामक चाउचाउ किनेर ल्याएको परिवारजनले जनाएको छ । यता, ईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी नीरिक्षक सुमन थापाका अनुसार परिवारजनले दिएको जानकारी अनुसार उनीहरुले साँझ चाउचाउ किनेर ल्याएको तथा चाउचाउ खाएर सुत्दा काजल विहानसम्म नउठेपछि मृत्यू भएको जानकारी गराइएको थियो । काजलको शव पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पताल लगिएको जनाइएको छ ।

यद्यपी, चाउचाउ खाएकै कारण उनको मृत्यू भएको वा अन्य कारणले त्यस्तो भएको बारे पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र भन्न सकिने प्रहरीले जनाएको छ ।
बालिकाको मृत्यूपछि स्थानीयवासीहरुले मृतकलाई गाडनको लागि खाल्डो समेत खनिसकेको थियो । गाडनै लाग्दा प्रहरीले खवर पाएपछि त्यहाँबाट लास खोसेर ल्याएको जनाइएको छ । माटो पुरने तरखरमा रहेको मलामीहरुले प्रहरी आएपछि गाडने कार्य रोकेर बालिकाको शव प्रहरीलाई बुझाएको जनाइएको छ । त्यसपछि घटनाको बारेमा बुझँदै जाँदा एक्सन लिएर स्थानीय पसलहरुमा भएको चाउचाउको नमुना लिएर जनकपुर पठाइएको जनाइएको छ ।

प्रहरी नीरिक्षक थापााले भने, – “चाउचाउ ज्याकपोट नामक रहेको छ, त्यहाँ रहेको सबै पसलहरुबाट चाउचाउ लिएर जनकपुर जाँदैछौं, कुन चाउचाउले गर्दा त्यस्तो भएको हो भनेर यकिन गर्न सकिन्छ, अहिले परिवारजनले दिएको प्रारम्भिक बयानको आधारमा मात्र ज्याकपोट नामक चाउचाउ भनिएको छ, तर यथार्थ के हो हामी पछि भन्नेछौं । अहिले अनुसन्धान थालिसकेका छौं ।”

फुड प्वाजिंनिँग भएर काजलको मृत्यू भएको हुन सक्ने अनुमान गरिएको छ । चाउचाउमा विषाक्त तत्व भएको हुन सक्ने अथवा तिथि समाप्ती भएर पनि त्यस्तो भएको हुन सक्ने जनाउँदै प्रहरीले स्याम्पलको लागि लगिएको चाउचाउको ब्राण्ड कुनै ठहरिए कानुन बमोजिम कारवाहीको दायरामा आउनुपर्ने बताए । साह परिवार सहित सिँगो टोल नै शोकमग्न भएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds