वीरगंज ७ गते बैशाख
स्रोत नखुलेको साढे १९ लाख नगदसहित ३जना पक्राउ परेका छन्।
वीरगंज महानगरपालिकाका छुट्टाछुट्टै ठाऊबाट स्रोत नखुलेको १९ लाख ५० हजार नगदसहित तिन जनालाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।
वडा प्रहरी कार्यालय श्रिपुरका प्रहरी निरीक्षक आशुतोष बहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगंजको वडा नम्बर ८ स्थित सडक खणडबाट
परवानीपुर गा.पा.वडा नं.३ लिपनीमाल बस्ने वर्ष ३४ को कृष्ण प्रसाद सोनारले भिरेको कालो झोलाबाट श्रोत नखुलेको नेपाली १ लाख६० हजार र सोही ठाऊमा बस्ने वर्ष ३९ को सुनिल साह कानुले लगाएको पाइन्टको खल्तीबाट श्रोत नखुलेको नेपाली रुपैया.३लाख९० हजार गरी जम्मा नेपाली रु.५ लाख ५० हजार रुपैया सहित २ जनालाई नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो।
त्यसैगरि प्रहरीले वीरगंजको वडा नं.११ स्थित सडकखण्डमा प्रदेश ३-०३-००१ प १२३३ नम्बरको मोटरसाईकललाई रोकी कानूनी रीतपुर्याई चेकजाँच गर्दे सवारीचालक बारा जितपुर उपमहानगरपालिका वडा नम्बर ७ बस्ने बर्ष ३२ को छठु महतोले लगाएको हेल्मेट भित्र लुकाई छिपाई राखिएको स्रोत नखुलेको नेपाली रुपैया १४ लाख सहित नियन्त्रणमा लिएको उपरीक्षक गिरीले बताउनुभयो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक गिरीले ३ जनालाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा आजै पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरि थप अनुसन्धान तथा कारवाही भईरहेको बताउनुभयो ।