2024-04-29

Close

जनकपुरधाम । धनुषा र सिरहा जोडने बहुप्रतिक्षित कमला नदीको भत्केको पुलबाटै आवतजावत सुरु गरिएको छ ।

भत्केको कमला पुलबाट सर्वसाधारणहरुलाई बाँसको अस्थायी पुल बनाएर आवतजावत सुरु गराएको हो । यसअघि पनि सोही पुलबाट बाँसको सिढी चढदा प्रतिव्यक्ति २० रुपैयाँ लिदै आएको थियो । कमला नदीमा पानी बढेपछि आवतजावत गर्न कठिनाई भएको बेला पुलबाटै मोटरसाईकल लिएर समेत जाने अवस्था बनाइएको हो ।

नेपाल पत्रकार महासंघ सिरहा शाखाका पूर्व अध्यक्ष एवम् पत्रकार देव कुमार यादवको विशेष पहलमा सिरहा नगरपालिकाले आम सर्वसाधारणको लागि बाँसको पुल मार्फत आवतजावत सहज बनाई दिएको हो ।

यसअघि केही स्थानीयहरुले सरकारी सम्पतिमा बाँसको पुल बनाएर लाखौँ रुपैयाँ असुली गर्दै आएका थिए । पत्रकार यादवको पहलमा नीजी पुल हटाएर सार्वजनिक पुलको निर्माण गरी पूर्णतः निःशुल्क (FREE) आवतजावत सहज बनाई दिएको हो ।

अब सिरहा आवतजावतको लागि पुलबाटै मोटरसाईकल, साईकल, पैदल यात्रा गर्न सकिने अस्थायी व्यवस्था बनाईदिएको हो । पुल मर्मतको कार्य आउँदो असोजदेखि पुनः सुचारु हुनेछ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds