2024-05-02

Close

जनकपुरधाम । राराब क्याम्पसमा नगदी कारोबार बन्द गरिएको छ । राराबमा विभिन्न प्रयोजनको लागि विद्यार्थीहरुसँग नगद लिएको गुनासोपछि सचिव साहको पहलमा बैँक मार्फत बुझाउने सुविधा मिलाएको हो ।

राराबमा शिक्षा सँकाय तर्फ ४ बर्षे बिएड परीक्षा दिसकेका विद्यार्थीहरुको लागि प्रयोगात्मक परीक्षाको लागि लाग्ने रु. ५०० दस्तुरको लागि नगदी नगरी बैँक मार्फत खातामा बुझाउने कार्य सुरु गरिएको हो । यसअघि नगदी लिदै आएकोमा अबदेखि बैँक मार्फत कारोबार भएपछि सरकारी दस्तुरको समेत पारदर्शीता हुने जनाईएको छ ।

लोकतान्त्रिक विद्यार्थी सँघबाट स्वीयूको सचिव पदमा निर्वाचत करण साहले यसको लागि क्याम्पस प्रशासनसँग निरन्तर पहल गरेपछि नगदको साटो बैँकबाट कारोबार हुने भएको छ । जसको लागि क्याम्पसले कुमारी बैँकसँग समन्व्य गरेको हो । कुमारी बैँकमा तोकिएको खातामा जम्मा गरी भौचर लेखा शाखामा जम्मा गर्न आग्रह प्रशासनले गरेको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds