2024-04-26

Close

संचार मन्त्रालयका कर्मचारीले दुई दिने कार्यक्रम लाई एकै दिनमा सकाएर फर्किए !

 

विपिन कुमार यादव , असोज ७ जनकपुरधाम : सरकारले ल्याएको डिजिटल नेपाल कार्यक्रम कार्यान्वयण कार्ययोजनासम्बन्धी दुईदिने प्रदेशस्तरीय अन्तरक्रिया सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक दिनमै सकाएको छ।

 

मन्त्रालयको आयोजनामा जनकपुरमा सोमबार बिहानबाट अन्तरक्रिया सुरु भयो। अन्तरक्रिया मंगलबार बेलुकी ४ बजेसम्म चल्ने कार्यतालिका समेत कार्यक्रममा सहभागीलाई बाँडेको थियो। मंगलबार कार्यक्रम नै गरिएन। कार्यक्रममा सहभागिता जनाउन पुगेकाहरूलाई उपस्थितिमा हस्ताक्षर गराई भत्ता बाँडेर कर्मचारी फिर्ता भएका छन्।

 

बिहान ९ बजेसम्म कार्यक्रमस्थल होटल वेलकम पुगेका सहभागीलाई आयोजक मन्त्रालयका कर्मचारीले १ हजारका दरले भत्ता बाँडेका छन्। बिहान ९ बजेपछि पुगेका सहभागीलाई कार्यक्रम सकेको भन्दै बिनाभत्ता फर्काएको टिभी टुडे जनकपुरका प्रतिनिधि कुलदीप दासले बताए। उनले भने, ‘मन्त्रालयका कर्मचारीले कार्यक्रम नै नगरी रकम कुमल्याएर भाग्नु ठूलो विडम्बना हो। यस्ता कर्मचारीलाई कारबाही गर्नुपर्छ।’

 

कार्यक्रमका लागि सञ्चार मन्त्रालयका सहसचिव तथा सूचना प्रविधि विज्ञ विरेन्द्र मिश्र, उपसचिव राजन पौडेलसहित आधा दर्जन कर्मचारी जनकपुर आइपुगेका थिए। सहसचिव मिश्रले अन्तरक्रिया मंगलबार बिहान १० बजे नै सकेको स्वीकारे। उनले कार्यक्रम तय भएकै बमोजिम सकेको दावी गरे। कार्यक्रम बेलुकी ४ बजेसम्म चल्ले तालिका थियो नी भन्ने जिज्ञासामा उनले भने, ‘त्यो विषयमा मलाई थाहा भएन।’

सोमबार अन्तरक्रियाको उद्घाटन प्रदेश २ का नीति आयोगका सदस्य डा. सुरेन्द्र झाले गरेका थिए। कार्यक्रममा करिब ६० जना सहभागी भएका मध्ये २५ देखि ३० जनाले मात्र भत्ता बुझेका छन्। कार्यक्रममा सहभागी जनाउन करिब १० बजे होटल पुग्दा कसैलाई नदेखेपछि फर्केको पत्रकार शत्रुधन यादवले बताए।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds