2024-03-28

Close

जनकपुरधाम। धनुषाको शहिदनगर नगरपालिकास्थित दोस्रो मेयरकप फुटबल प्रतियोगिता विहिबारदेखि सुरु भएको छ ।

शहिदनगर नगरपालिकाको वडा नम्बर ७ धबौली खेल मैदानमा सुरु भएको दोस्रो मेयरकप फुटबल प्रतियोगितामा प्रदेशको विभिन्न जिल्लाबाट खेलाडी टिमहरु सहभागी भएको छ ।

शहिदनगर नगरपालिकाको आयोजना तथा श्री स्पोर्टस क्लब धबौलीको समन्वयमा धबौली फिल्डमा सुरु भएको दोस्रो मेयरकप फुटबल टुर्नामेन्टमा महोत्तरीसम्मको टिमहरु सहभागी भएको हो । विहिबार अपरान्ह शहिदनगर नगरापालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले विधिवत रुपमा उदघाटन गरेपछि खेल सुरु भएको थियो । शहिदनगरबाट उत्कृष्ट खेलाडी उत्पादन गर्न खेलप्रतिको दृष्किोण परितर्वत हेतु समेत शहिदनगर नगरपालिका खेलप्रति चासो लिएको बताए ।

उनले देशको गौरव र शारिरिक व्यायामको लागि समेत खेल एक उत्तम माध्यम भएको बताउँदै आपसी सदभाव कायम गर्ने एक उत्तम विकल्पको रुपमा खेल र खेलाडी रहेको बताए ।

खेलमा गोलबजार स्पोर्ट क्लब, शहिदनगर नगरपालिका टिम, समुदायिक विकास मँच गोदार, जनकपुर स्पोर्टस क्लब, सशस्त्र प्रहरी बर्दिवास महोत्तरी, श्री स्पोर्टस क्लब धबौली, भरतपुर युवा क्लब र यज्ञभूमि युवा क्लब लगायतको टिमहरु सहभागी भएको छ ।

विहिबार गोलबजार स्पोर्टस क्लब र शहिदनगर नगरपालिकाबीच भएको उदघाटन खेलमा गोलबजार टिम १ गोलले विजयी भएको छ ।

आगामी २४ गते हुने फाईनल खेलको क्रममा प्रथम हुनेलाई ५० हजार रुपैयाँ नगद र दोस्रो हुनेलाई २५ हजार रुपैयाँ नगद सहित मेडल, प्रमाणपत्रहरु समेत प्रदान गरिनेछ ।

उदघाटनमा मेयर बरबरियासहित शहिदनगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेश यादव, लेखापाल लोक बहादुर नेपालीसहित नगरपालिकाको कर्मचारीहरुको सहभागीता रहेको थियो । विभिन्न राजनीतिक दलका प्रतिनीधि, सुरक्षा निकायका प्रतिनीधि, खेलाडी, पूर्व खेलाडी पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds