2024-04-18

Close

जनकपुरधाम । रामायण सर्किटअन्तर्गत भारतीय रेल्वेले सुरु गरेको रेल धार्मिक पर्यटक लिएर जनकपुरधाम आइपुगेको छ।

१८ दिनको धार्मिक यात्रा अन्तर्गत तेस्रो दिन भारत गौरव पर्यटक रेल बिहीबार जनकपुरधाम स्टेशनमा करिब पौने दुई बजे आईपुगेको हो ।

मंगलबार साँझ दिल्लीको रेल्वे स्टेशनमा भारतका रेलमन्त्री र पर्यटन मन्त्रीले संयुक्त रुपमा हरियो झण्डा देखाएपछि रामायणसँग जोडिएको क्षेत्रको यात्रा गराउनका लागि रेल्वे यात्रा सुरु गरेका थिए ।

बिहीबार उक्त रेल्वे जनकपुरधाम पुग्दा तिर्थयात्रुलाई स्वागत गर्नका लागि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतो, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह, जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोसन दास सहित स्थानीयहरु पुगेका छन् ।

जनकपुरधाम पुगेका तिर्थालुहरु भोलि पुनः सोही रेलबाट सितामढीका लागि प्रस्थान गर्नेछन्। रामायण सर्किटअन्तर्गत भारत र नेपालबीच पर्यटक रेल सुरु भएपछि जनकपुरधामको पर्यटन विकासमा मद्दत पुग्ने व्यवसायीहरुको आशा छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds