2024-04-19

Close

विपिन कुमार यादव,जनकपुरधाम,२६ जेष्ठ । धनुषा क्षेत्र नं.२ बाट निर्वाचित प्रतिनिधीसभा सांसद उमाशंकर अरगरियाले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई कोरोनाको समयमा प्रोत्साहन भत्ता दिने बताइएपनि विनियोजन विधेयकमा त्यो कुरालाई नसमेटिनु दुःखद भएको बताएका छन् ।

प्रतिनिधीसभाको आईतबारको बैठकमा बोल्दै अरगरियाले प्रहरीलाई दिइने भत्ताको व्यवस्था गर्न सरकारसँग माग गरे ।‘प्रहरीले कसरी गाडी कुदाउँछ ? तस्करको खुसामत गरेर कि गाउँपालिका अध्यक्षको पछि पछि घुमेर ?’ उनले भने, “छिमेकी मुलुक भारतले कोरोना लाग्ने प्रहरीलाई प्रोत्साहनका लागि रु ५ लाख दिइरहेपनि यहाँ भत्ता समेत कटौति गर्नु ठीक होइन् ।”

१५ बर्ष पहिला भारत सरकारले प्रहरीलाई टाटा कम्पनीको जुन गाडी दिएको छ त्यहीं गाडीबाट अहिले पनि प्रहरीले सुरक्षा दिइरहेको छ उनले भने, “यस्तो अवस्थामा राजिनामा दिन थालेपछि के हुन्छ ?”

सांसद अरगरियाले सीमाको सुरक्षा मधेशीले गर्दै आएपनि मधेशीका लागि बजेटको व्यवस्था नगरिनु दुःखद भएको बताए ।

प्रतिनिधीसभामा बोल्दै सांसद अरगरियाले कोशीमरिन,कमला राखेर काम सुचारु गरौं । बर्षाको समय आइसकेको छ। हुलाकी सडकमा पैदल हिड्ने अवस्था छैन जस्तै भोइल,देउरी,परवाहा गाउँहरुमा अहिले पानी बगिरहेको अवस्था छ । अहिलेसम्म व्यवस्थापन भएको छैन । पटकपटक अर्थ मन्त्रालयबाट बजेट विनियोजन गरेरमात्र देखाउने काम गरेको छ । मैले बराबर हुलाकी सडकको बारेमा आवाज उठाउदै गरे पनि संघीय सरकारले झुठो प्रोत्साहन ,दस्तावेज दुरदर्शि निति ,अनर्थ नितिको दस्तावेज हो अरगरियाले बताए।

 

रेड बुकमा निकाल्नु हुन्छ भने काम गरेर देखाउ यदि काम गरेनौं भने त्यस्तो काम बन्द गरौं । पटकपटक झुठो नाटक गरेर जनता लाई ठग्ने काम नगरौ । ‘सरकारको ध्यान यतातर्फ छैन’ अरगरियाले भने, “आगामी बर्षको कुरा गरेरमात्र समय लम्बिने गरेको देखिएको छ । ठोस काम गरेर देखाउनु पर्ने  जिकिर गरे ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds