रौतहट : खेतमा बिजुलीको तार खस्दा किसानसहित गोरुको समेत मृत्यु

माधवनारायण नगरपालिका ७ लौकहास्थित गहुँ छर्नका लागि खेत जोत्दै थिए ५५ वर्षीय किसान बैजुलाल पण्डित । सोही बेला बिजुलीको तार चुँडिएर खस्दा करेन्ट लागेर किसान पण्डित र गोरुको समेत मृत्यु भएको हो ।

बिज्ञापन

बीच खेतमा करेन्ट लागेर किसान र गोरुको मृत्यु भएको तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल बनेको छ । घटनास्थलमा ठूलो संख्यामा गाउँलेहरू पुगेको तस्बिरमा देख्न सकिन्छ ।

तार चुँडिएर खस्दा किसानसहित गोरुको मृत्यु भएको घटना आज बिहान पोने १२ बजे घटेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक झलक शर्माले बताए । ‌मृतकको शव पोस्टमार्टमका लागि अस्पताल पठाएको उनको भनाई छ ।