2024-04-27

Close

जनकपुरधाम । धनुषाका प्रहरी प्रमुख (एसपी) मित्रबन्धु शर्माले यसपाली विवाहपंचमीमा सिसिटिभी र ड्रोन क्यामेराबाट निगरानी गर्ने बताएका छन् ।

विगतको दिनलाई समिक्षा गर्दै अभद्र व्यवहार, दुरव्यवहार, चोरीचकारी, पाकेटमारी जस्ता घटनाहरु अधिक हुने गरेको अवस्थालाई मध्यनजर गर्दै सादा पोसाकमा अधिक प्रहरी परिचालन हुने बताए । उनले महिला र पुरुषमा सादा पोशाकको प्रहरी ठाउँ ठाउँमा परिचालन हुने बताए ।

प्रत्येक बर्ष विवाहपंचमीमा पाकेटमार, गहना चोरीको घटनाहरु अधिक भएको तथ्याँकलाई मध्यनजर गर्दै त्यस्ता घटना न्यूनिकरणको लागि जानकी मन्दिरदेखि बाह्रविघा मैदानसम्म दुरुस्त सिसिटिभी, बाह्रविघा मैदानमा ड्रोन निगरानी, जानकी मन्दिर प्राँगनमा समेत क्यामेरा र ड्रोनको निगरानी बढाउने बताए ।

उनले पाकेटमारी, चोरी, लुटपाटको घटनालाई न्यून गर्नको लागि अन्य बर्षभन्दा यसपाली भारी सँख्यामा सादा पोशाक, प्रहरीको ड्रेसमै समेत प्रहरी खटाउने बताए । नेपाल प्रहरीको तर्फबाट शिवचोक, गंगासागर, जनकचोक, जानकी चोक, रामचोक, जानकी मन्दिर, सोनारपट्टी गल्ली, महावीरचोक, रामानन्दचोक, अस्पताल क्षेत्र, यात्री निवास क्षेत्र, बाह्रविघा, संकटमोचन एरिया, सरस्वति स्कूल, देवीचोक लगायतमा ठाउँ ठाउँमा सादा पोशाकको प्रहरी परिचालन हुने छ ।

कुनै त्यस्ता गतिविधि देखिएको खण्डमा तुरुन्त पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याउने बताए । उनले मेलामा बाहिरबाट समेत श्रद्धालुहरु भारी सँख्यामा आउने भएकोले ठाउँ ठाउँमा प्रहरी हेल्प डेस्क, सम्पर्क नम्बरको प्लेकार्ड, सम्पर्कको बोर्ड लगाउने तयारी भएको बताए ।

उनले प्रहरीले जानकी मन्दिर वरपर बाह्रविघादेखि पूर्ण सफाई गरी विवाहपँचमीमा न्यून गुनासोको प्रयास गर्ने बताए । एसपी शर्माले जानकी मन्दिरमा अश्लिल हर्कत गर्ने, भिडियो बनाउने उपर समेत निगरानी गरिने बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds