2024-05-07

Close

जनकपुरधाम । धनुषा र सिरहा जोड्ने कमला पूलको पुनः निर्माण कार्य सुरु भएको छ । गत बर्ष १८ पाईलिँग मध्ये १६ वटा पाईलिँग सकेको कम्पनीले बर्षात आएपछि कामलाई विराम दिएको थियो ।

हुलाकी सडकअन्तर्गत पर्ने धनुषा र सिराहा जोड्ने कमलाको पूल पुनः निर्माण कार्य गत माघ २ गतेदेखि नै सुरु गरिएको हो । कामको तीव्रतालाई गरिएको भए पनि निर्माण कम्पनीले शुक्रबारदेखि कामको गति बढाएको हो ।

असार अगावै पुल सञ्चालन गर्ने गरी पुनर्निर्माणको काम भइरहेको निर्माण कम्पनीले जानकारी दिएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुर र पुल निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’ बिच असार अगावै पुल सञ्चालनमा ल्याउने गरी सम्झौता भएको छ ।

सम्झौता अनुसार भाँसिएको कमला पुलको पुनर्निर्माणको काम तीव्रताका साथ भइरहेको निर्देशनालयका योजना प्रमुख कृष्णकुमार महतोले बताए । पुल पुनर्निर्माणमा कार्ययोजना अनुसार तोकिएकै समयमा पुलको निर्माणकार्य सम्पन्न हुने उनले जानकारी दिए ।

कमला पुल निर्माण कम्पनीका ‘साइट इन्चार्ज’ सुदीप थापाका अनुसार वर्षा सुरु भएसँगै रोकिएको पुल पुनर्निर्माणको काम गत मङ्सिरबाटै सुरु भए पनि आर्थिक सङ्कटका कारण सुस्त रहेको थियो । “भासिएको ठाउँमा दुई पायल राख्नेगरी फाउन्डेसन र पाइलिङको काम भइरहेको छ, बीमाबाट प्राप्त गर्नुपर्ने रकम रोकिएकाले आर्थिक सङ्कट हुन गएकाले निर्माणकार्य ढिलो हुन गयो”, थापाले भने, “अब यो कार्ययोजना सम्झौताले पुल पुनः निर्माणमा तीव्रता दिने विश्वास लिएको छु ।”

२०६८ मा तीन वर्षभित्र पुल निर्माण गरिसक्ने गरेर निर्माण कम्पनी ‘पप्पु कन्स्ट्रक्सन’ सँग सम्झौता गरिएको थियो । पटक–पटक म्याद थपेर करिब १० वर्षपछि ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भएर उद्घाटनको तयारी गरिरहेकै बेला २०७८ असार र कात्तिकमा आएको बाढीले पुल भासिएपछि निर्माणको काम तत्काललाई अनिश्चित भएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds