2024-04-28

Close

जनकपुरधाम । मधेश प्रदेशको प्रहरी प्रमुख डीआईजी यज्ञ बिनोद पोखरेलले मधेश प्रदेश प्रहरी प्रमुखको कमान्ड सम्हाल्ने बितिकै ‘लागुऔषध कारोबार र कारोबारी विरुद्धको अभियान पहिलो प्राथमिकतामा राखेको छ ।

लागुऔषधले धेरैको परिवार बिगारेको छ । धेरैको घरमा पीडा दिएको छ ।’ मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी पोखरेलले कुरा गर्दै भने, ‘देशको सात वटै प्रदेश मध्य मधेश प्रदेश लागुऔषधको कारोबार हुने प्रदेश मध्ये एक हो । यो बिरुद्ध मधेश प्रदेशमा प्रहरीले स्वीप अप्रेसन सञ्चालन गर्नेछ ।’

स्वीप अप्रेसनकै क्रममा ; लागुऔषधसहित एक व्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । जिल्लास्थित वीरगञ्ज महानगरपालिका– ८ पानीट्यांकी सडकखण्डमा विशेष सूचनाको अधारमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको सन्युक्त प्रहरी टोलीले बब्लुलाल कर्णलाई पक्राउ गरेको हो । प्रहरीले चेकजाँच गर्ने क्रममा रिक्सामा पहेँलो रङको जेब्रा झोलामा लुकाई छिपाई राखिएको लागुऔषध नुरफिन ५०० एम्पुल, फेनारगन ५०० एम्पुल र डाइजेल्याब ५०० एम्पुल गरी जम्मा १५०० एम्पुल नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।

पक्राउ परेका रिक्सा चालक र १५०० एम्पुल पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका– १ छप्कैया बस्ने वर्ष ५० का बब्लुलाल कर्णलाई लागुऔषविरुद्ध लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds