2024-04-26

Close

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले महन्थ–राजेन्द्र पक्षका मन्त्री तथा राज्यमन्त्रीहरुलाई बर्खास्त गरेपछि सोमबार बसेको प्रदेशसभा बैठकमा महन्थ–राजेन्द्र पक्षका प्रदेशसभा सदस्यहरुले बैठक बहिष्कार गरे ।

जसपाको उपेन्द्र यादव पक्षधर मुख्यमन्त्री राउतले महन्थ–राजेन्द्र पक्षलाई बाइपास गरी अन्य दलसंग गठबन्धन गर्न लागेको भन्दै बैठकको बहिष्कार गरे । पूर्व राजपा पक्षका प्रदेशसभा सदस्यहरु बैठक बसेर नै प्रदेशसभा बैठक बहिष्कार र सरकारको आगामी गतिविधिको आधार समर्थन वा बिरोध गर्ने निर्णय गरेको छ ।

बैठकमा सहभागी महन्थ–राजेन्द्र पक्षका जसपाका सचेतक परमेश्वर साहले तत्कालिन समाजवादी पार्टी र तत्कालिन राजपा पार्टी अस्तित्वमा नरहेको समयमा गुटगत हिसाबले मुख्यमन्त्री राउत अगाडी बढिरहेको आरोप लगाए । उनले पार्टी भित्र २ खेमा रहेपनि आधिकारितका लडाई सर्वोच्चसम्म पुगेको र सर्वोच्च अदालतबाट हाम्रै पक्षमा निर्णय आउने विश्वास व्यक्त गरे । हामी अहिले पार्टीको आधिकारिकता सम्बन्धमा आउने निर्णयको प्रतिक्षामा छौँ, साहले भने ।

उनले भने ‘अहिले मुख्यमन्त्रीजीका लागि हामीहरु प्रिय छैनौँ, कांग्रेस र माओवादी प्यारो भएको छ ।’ अगाडी भने ‘तर चिन्ता नगर्नुस सर्वोच्च अदालतको निर्णय हाम्रो पक्षमा आउनेमा विश्वस्त छौँ त्यसपछि पछाडी हट्नु पर्छ ।’

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds