2024-04-25

Close

जनकपुरधाम : धनुषाको औरही गाउँपालिकामा प्रधानाध्यापकलाई सरुवा गरेको विरोधमा विद्यार्थीले प्रदर्शन गरेका छन् ।

अौरही गाउँपालिका वाडा न. १ झिटकहिया श्री राम जानकी माध्यमिक बिद्यालयका प्रधानाध्यापक मदन महरालाई सरुवा गरेको विरोधमा विद्यार्थीहरुले आइतबार बिहान नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् । अौरही गाउँपालिका अध्यक्ष ब्रम्हदेव यादवले शिक्षामा राजनीति गर्न खोजेको आरोप लगाउँदै सरुवा गर्ने कार्य तत्काल रोक्नुपर्ने माग उनीहरुले गरेका छन ।

प्रधानाध्यापक महराले विद्यालयमा शैक्षिक वातावरण कायम गरेपनि धनुषाधाम नगरपालिकाको किसानपुर मा.वि.मा सरुवा गरेपछि विद्यार्थी विरोधमा उत्रेका हुन् । विद्यालयमा व्यवस्थापन समिति गठन गर्न असहज भएकोले प्रधानाध्यापक महरालाई सरुवा गरेर किसानपुरका प्रधानाध्यापक मनोज ठाकुरलाई ल्याउन खोजेको विद्यार्थीहरुले आरोप लगाएका छन ।

विद्यार्थीहरु विरोधमा उत्रेपछि गाउँपालिकाले वार्ताको माध्यमबाट समस्या समाधान गर्न आव्हान गरेको छ । अौरही गाउँपालिका अध्यक्ष यादवको उपस्थितिमा सोमबार बिहान दुवै पक्षबीच छलफल हुने एक जना विद्यार्थीले बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds