2024-12-02

Close

जनकपुरधाम । जनकपुरधामस्थित गएराती आफ्नै भिनाजुको घर कब्जा गर्ने प्रयास गरिएको तथ्य बाहिरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ कटैयाचौरीस्थित बस्ने राजेश ठाकुरको घर पसेर उनकै सालो र सालोका छोराहरुले घर लुटने प्रयास गरेको हो । राती करिब ९ः३० बजेको समयमा छोरासहित परिवारको हुल बनाएर गएका राजेशको सालो अरुण ठाकुर र उनका छोराहरु प्रशान्त ठाकुर, प्रभात ठाकुरसहितको व्यक्तिले घर लुटने प्रयास गरेको हो ।

घरमा भाडेदारहरु मात्र बसिरहेको अवस्थामा अरुण ठाकुरको परिवारले घरमा कब्जा गर्ने प्रयास गरेको स्थानीयहरुले जनाएको छ । राती हो हल्ला भएपछि छिमेकीहरु गएका थिए । छिमेकीहरुका अनुसार, अरुण ठाकुर र उनका छोराहरुले भाडामा बस्ने महिलाहरुसँग समेत दुरव्यवहार गरेको हो । यसको भिडियो समेत खिचिएको हो ।

महोत्तरीको पिपरा गाउँपालिका दनौली बस्ने अरुण ठाकुरले महोत्तरी पिपराको बनौली बस्ने आफ्नै भिनाजु राजेश ठाकुरलाई छोराछोरीको पढाईएको लागि रकम दिएको थियो । करिब २ बर्ष अगाडी मात्र अरुणले भिनाजु राजेशलाई ४२ लाख रुपैयाँ सापटी दिएको थियो । ऋण कर्जा नभएर भान्जाभान्जीको पढाईको लागि दिएकोमा उनलाई १८ लाख रुपैयाँ फिर्ता समेत गरिदिएको हो । बाँकी रकमको लागि केही समय मागेको र समय समयमा दिने भनेर विश्वास दिलाएपनि अरुण ठाकुरले उनको घर कब्जा गर्न पुगेको हो ।

राजेश र उनकी श्रीमति साउदीमा छन् । राकेश कामको शिलशिलामा साउदी छन् भने उनकी श्रीमति भिजिटि भिषामै गएर बसिरहेकी छन् । छोराछोरी मेडिकल पढदैछन् । छोरी भारतमा र छोरा काठमान्डौँमा मेडिकल पढिरहेका छन् । उनीहरुकै पढाईको लागि रकम लिएको थियो । ४२ लाखमध्ये १८ लाख चुक्ता गरिदिएको र २४ लाख रुपैयाँ यहि दुई बर्षभित्रमा सहयोग गरिदिने भनेपनि उनीहरुले घर कब्जा गर्न खोजेको आरोप राजेशको परिवारको छ ।

घरमा कोही नहुँदा घरमा ताल्चा लगाउने र भाडेदार आएपछि भाडामा बस्ने दिने गरेको राकेशका सालो अरुणले घर आफ्नो कब्जामा हुनुपर्ने धारणा राख्दै आएका छन् । २४ लाखको साटो आफ्नै बहिनी भिनाजुको २ करोडको सम्पति हडपिन खोजेको आरोप छिमेकीहरुको छ ।

बुधबार रातीमा गएर घरमा जबरदस्ती ताल्चा लगाएको बताईएको छ । छोराहरुसहित गएका अरुण ठाकुरले आफ्नै बहिनीकी दियादनी (बहिनी नै पर्ने) माथि अभद्र व्यवहार गरेको भिडियोमा प्रष्ट देखिएको छ । उनीहरुले आफ्नो भान्जीमाथि समेत दुरव्यवहार गरेको देखिएको छ ।

घटनाको जानकारी पाए लगत्तै वडा प्रहरी कार्यालय जिरोमाईलबाट खटेको प्रहरीले उनीहरुलाई भगाएको थियो । आज जिल्ला प्रहरी कार्यालय धनुषामा अभद्र व्यवहार, दुरव्यवहार र महिलामाथि हातपात गरेको, मिटर ब्याज सम्बन्धी मुद्दा हाल्ने तयारी गरिएको हो । न्यूज ब्यूरो

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर