2024-12-02

Close

जनकपुरधाम । वर्षाका वेला ठूला नदीका तटीय क्षेत्रमा हुन सक्ने कटान, डुबान, बाढीमा फसेकाको उद्धार, प्राथमिक उपचार, थप उपचारका लागि अन्यत्र रेफरसम्बन्धी प्रदेशस्तरीय संयुक्त विपत् अभ्यास ‘अभ्यास संयुक्त उद्धार २०८१’ गरिएको छ ।

सिराहाको पश्चिमवर्ती कर्जन्हा नगरपालिका– १ उत्तरवाहिनीस्थित कमला नदीमा आइतबार मधेश सरकारका मुख्यमन्त्री, प्रशासन तथा सुरक्षा निकायका पदाधिकारीहरूको उपस्थितिमा चोहर्वास्थित २७ नम्बर बाहिनी अड्डा, नन्दा बक्स गणसहित मधेश प्रदेशअन्तर्गत अन्य गणहरू र सशस्त्र प्रहरीको युनिटले संयुक्त रूपमा उद्धार कला प्रदर्शन गरेका थिए । त्यसक्रममा मनसुनी वर्षाका वेला बाढीमा फसेका मानिसलाई डोरीको माध्यमबाट उद्धार गर्ने, उद्धारपछि प्राथमिक उपचार, थप उपचारका लागि अन्यत्र पठाउने, बाढीपहिरोमा परेका प्रभावितहरूको राहत, पुनर्स्थापनाका लागि स्थानीय र उद्धाकर्ताको भूमिका प्रदर्शन गरिएको थियो ।

अभ्यासको क्रममा विपत् व्यवस्थापनका लागि आकस्मिक तटबन्ध निर्माण, उद्धारका लागि हेलिप्याड बनाउने, स्थानीय स्तरमा बाढी–पहिरो प्रभावितहरूको उद्धार र पुनर्स्थापना गर्ने तरिकाबारे प्रदर्शन गरिएको थियो । वर्षाको समयमा बाढी तथा डुबानमा परेकाहरूलाई तत्काल स्थानीय स्रोत–साधन परिचालनमार्फत उद्धार कार्य र विधिहरूबारे पनि प्रदर्शन गरिएको थियो । नेपाली सेना तथा सशस्त्र प्रहरी बलका प्रहरीले गरेको अभ्यास उद्धारमा विपत् उद्धारका लागि आवश्यक सामग्रीको समेत प्रदर्शन गरिएको थियो ।

सहयोग गर्न प्रदेश सरकार तयार : मुख्यमन्त्री
संयुक्त विपत् अभ्यास ‘अभ्यास संयुक्त उद्धार २०८१’ अन्तर्गत प्रमुख अतिथिसमेत रहेका मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले प्राकृतिक प्रकोपमा प्रभावितहरूको उद्धार तथा पुनर्स्थापनाका लागि मधेश प्रदेश सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताए । मधेश डुबान र कटानको उच्च जोखिममा रहेको औँल्याउँदै मुख्यमन्त्री सिंहले उद्धार कार्यमा सरकार सहयोगी रहने उल्लेख गरे ।

‘विपतका वेला उद्धार गर्न आवश्यक औजार तथा सामग्रीहरू सक्दो उपलब्ध गराउँछौँ,’ उनले भने, ‘प्रदेशअन्तर्गतका नेपाली सेना र सशस्त्र प्रहरी बलको हरेक गुल्म तथा गणहरूमा तालिमप्राप्त गोताखोर युनिट राख्ने व्यवस्था मिलाउन जरुरी छ ।’ नेपाली सेना र सशस्त्र प्रहरी बलको विपत् व्यवस्थापनसम्बन्धी कार्यको सराहना गर्दै उनले बाढी तथा डुबानको दृष्टिकोणले अति संवेदनशील रहेको मधेशअन्तर्गतका जिल्लाहरूमा विपतका वेला उद्धार गर्न आवश्यक स्रोत–साधन र जनशक्ति तयारी अवस्थामा राखिनुपर्नेमा जोड दिए ।

संयुक्त विपत् अभ्यास अवलोकन गर्न मधेश प्रदेश सरकारकी गृह, सञ्चार तथा कानुनमन्त्री विमला अन्सारी, मध्यपूर्वी पृतनाका पृतनापति, प्रदेश मन्त्रालयका सचिवहरू, जिल्ला समन्वय समिति सिराहाका प्रमुख, कर्जन्हा नगरपालिकाका जनप्रतिनिधि, जिल्लास्थित प्रशासन तथा सुरक्षा निकायको उपस्थिति थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर