वीरगन्ज ।सशस्त्र प्रहरी बल पर्साले स्रोत नखुलेको९लाख ५९ हजार रुपैया सहित तिनजनालाई भारतीय नागरिक पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत जि.पश्चिम चम्पारण बेतिया ग्राम पंचायत वडा नं.-७ बस्ने अन्दाजी वर्ष ५९ को विजय प्रसाद,भारत जि.पश्चिम चम्पारण जौकटिया ग्राम पंचायत वडा नं.-१२ बस्ने अन्दाजी वर्ष ४६ को मनोज कुमार सहनी र भारत जि.पश्चिम चम्पारण, छाउनी चोक ग्राम पंचायत वडा नं.-२७ बस्ने अन्दाजी वर्ष ४३ को सन्तोष कुमार श्रीवास्तवलाई पक्राउ गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतको रक्सौलबाट नेपाल तर्फ आउँदै गरेको BR 22 P 8300 नम्बरको सेतो रङ्गको भारतीय नम्बर प्लेटको स्कार्पियो गाडीको सिट पछाडिको पकेट भित्र लुकाई छिपाई ल्याएको श्रोत नखुलेको नेपाली रुपैयाँ रु. ९लाख५९हजार रुपैया सहित गाडी तथा गाडीमा सवार मानिसहरुलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रबक्ता एवम सशस्त्र प्रहरी नायब उपरीक्षक दिबेन्द्र सिंहले जानकारी दिए।
पक्राउ परेका रकम र मानिसहरु सहित स्कार्पियोलाई भन्सार कार्यालय वीरगन्जमा बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले बताउनुभयो ।