2025-07-14

Close

जनकपुरधाम । धनुषाको विदेह नगरपालिका वडा नं. १ स्थित महिनाथपुर ठाढी गाउँमा यो वर्ष वर्षा नहुनु र पानीको मुहान सुक्नुले गम्भीर खानेपानी संकट उत्पन्न भएको छ । करिब २५० घरधुरी प्रभावित भएको वडाध्यक्ष संजय पाण्डेयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

सूचना अनुसार, स्थानीय ट्युवेलबाट पानी नआउने (सुक्केको) अवस्था सिर्जना भएपछि वडाबासीहरूलाई समस्या थप चर्किएको छ । यस्तो अवस्थामा, वडाकार्यालयले वडाका सम्पूर्ण कृषकहरूलाई खेत सिँचाइका लागि हाल प्रयोग हुँदै आएका मोटर, बोरिङ तथा डिजेल पम्पजस्ता उपकरणमार्फत पानी तान्न तत्काल रोक लगाएको छ ।

वडाध्यक्ष पाण्डेयले हस्ताक्षरित सूचनामा भनिएको छ, खानेपानीको समस्या झन गम्भीर बन्ने देखिएकोले यस्ता सिँचाइ उपकरण प्रयोग नगर्न हार्दिक अनुरोध गरिन्छ ।

स्थानीय ट्युवेल सुकिसकेकाले खेतीबाली सिँचाइभन्दा पहिले आम जनताको पिउन पानीको आवश्यकता प्राथमिक भएको वडाका स्रोतले जनाएका छन् । यस सूचना मार्फत वडावासीहरूलाई तत्काल सिँचाइ कार्य नगर्न अनुरोध गरिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर