वि.पि. स्मृति बहुप्राविधिक शिक्षालय सपहीमा भर्ना खुल्यो

जनकपुरधाम । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को आंगिक शैक्षिक संस्था वि.पि. स्मृति बहुप्राविधिक शिक्षालय लक्ष्मीनियाँ–४, सपही धनुषामा डिप्लोमा तथा प्रमाण पत्र तहका विभिन्न शैक्षिक विधा (कोर्ष) मा भर्ना खुलेको छ । सिभिल इन्जिनियरिङ्गमा – ४८ सिट, इलेक्ट्रिकल इन्जिनियरिङ्गमा – ४८ सिट, पशु विज्ञानमा – ४० सिट र बाली विज्ञानमा – ४० सिटमा शैक्षिक सत्र २०८२–०८३ का लागि भर्ना खुला गरिएको हो ।

शैक्षिक संस्थाद्वारा उल्लिखित कोटा अनुसार तोकिएको मिति भित्र रीतपूर्वक आवेदन दिन सम्बन्धित सबैका लागि सूचना प्रकाशन गरिएको छ ।

बिज्ञापन