
जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनमा धनुषा जिल्लाबाट ९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । एमालेका नेता उमाशंकर अरगरिया, जुलिकुमारी महतो र रामचन्द्र मण्डलसहित ९ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
निर्वाचित हुने अन्य केन्द्रीय सदस्यहरूमा प्रतिक्षा तिवारी, सबिता यादव, हरिनारायण महतो, लखन दास, मनोज खड्का र मोहमद कैस रहेका छन् । निर्वाचित सबै उम्मेदवार अध्यक्ष केपी ओलीको प्यानलबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।
बिज्ञापन




नेकपा एमाले केन्द्रीय कमिटीको निर्वाचनमा धनुषाबाट एक पदाधिकारीसहित १४ जनाले उम्मेदवारी दिएका थिए ।

