2024-04-16

Close
तराई मधेशका किसानहरू बाढीले त्राहिमाम : सांसद अरगरिया

यो जाति बिशेषको लागि हुन्छ भने लोकसेवा आयोगको नाम रुपान्तरण गर्दा हुन्छ ।

अपन जनकपुर न्यूज ।संघीय सांसद एवम् धनुषा निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरियाले तराई मधेशको किसानमा त्राहिमाम भएको दुख पोखेका छन् ।

मंगलबार संघीय सदनमा बोल्दै सांसद अरगरियाले गत अन्तिम असारमा तराई मधेशमा गएको भीषण बाढीका कारण किसानहरुको बीउ बिजन नाश भएको कारण अधिकांश किसानले अहिलेसम्म खेतलाई बाझो राख्न बाध्य भएको बताए । तराई मधेशको बाढीले मच्चाएको विड्ण्डाता कारण किसानहरुको बालीनालीमा क्षति गरेर उनिहरुको पनि उठिवास भएको अवस्था सदन मार्फत जानकारी गराए ।

उहाले भने  तराई मधेशमा गएको भीषण बाढीका कारण धेरै बाढी पीडितहरुलाई उठिवास भएको छ । उनिहरुले राम्ररी खान पाएको छैनन् अझ घरको अन्न राख्ने सामाग्रीहरु समेत नष्ट भएको हो वा बाढीले बगाएर लगेको हो , तर पनि केन्द्र सरकारले एक पाइला चालेको छैन । यस्तो विपदमा पनि सरकारले ध्यान नदिए प्रश्न को माथि गर्ने त ? तराईको किसानहरुको बिउबिजन र बाली नाली समेत नष्ट गरि त्राहिमाम भएको छ । यति दिन देखि सरकारबाट राहतको पहलको लागि आवाज उठाए पनि अहिलेसम्म कुनै चासो नदेखाउनुलाई के भन्नु ” ?

नेपालको संविधान २०७२ मा पनि सुरक्षीत आवशको जिकिर गरिएको उल्लेख गर्दै सांसद अरगरियाले बाढी पीडितहरुको आवासको लागि यथाशीघ्र समाधान तर्फ जानुपर्ने बताए । उनले बाढी पीडितहरुको लागि सरकारको तर्फबाट उचित राहत र बाढी नियन्त्रणको दीर्घकालीन समाधान गर्नको लागि कमिटी गठनको आवश्यकता औल्याए ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नु होस्

यसै क्रममा सांसद अरगरियाले लोकसेवा आयोगको बिज्ञापन आदिवासी ,जनजाति लगायतका बिज्ञापनमा विभेद भएको भन्दै यो कदापि लोकहितमा नभएको जिकिर गरे । अरगरियाले भने ,: विभेद किन ? यो लोकसेवा लोक हितमा हुन्छ एउटा जाति लागि हुदैन । त्यसो भए प्रहरीको दमन किन ? यो जाति बिशेषको लागि हुन्छ भन्ने लोकसेवा आयोगको नाम रुपान्तरण गर्दा हुन्छ ” ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds