पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएपछि पुगेका सभापति देउवाले विद्यार्थीहरुलाई गाली गर्दै मुख छाडेका हुन्। ‘मूलगेटमै बसेर नेविसंघलाई विधानअनुसार चलाउन मागसहित नारा लगाइरहेका थियौँ’, सहभागी एक विद्यार्थी नेताले भने, ‘गाडीबाट ओर्लिएपछि देउवा कार्यालयतर्फ छिर्दै गर्दा हामीतिर औँला उठाउँदै मुख छाड्नु भयो।’
सानेपामा कुन्दनराज काफ्ले समूहका विद्यार्थीहरु प्रदर्शनमा उत्रेका थिए। देउवाले नेविसंघमा ५० वर्षका राजीव ढुंगानालाई सभापति बनाउन खोजेपछि नवराज पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीको अगुवाइमा विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका थिए।
‘नाराबाजी गरिरहेका हामीतिर औँला ठड्याउँदै देउवाले मा……..सहितका प्रयोग गरेर गाली गर्नुभयो’, ती विद्यार्थी नेताले भने, ‘त्यसपछि हामीले प्रतिरोध गर्दै पार्टी कार्यालय भित्रैसम्म नाराबाजी गर्दै गयौँ।’
कुन्दन काफ्ले समूहका विद्यार्थीहरुले देउवालाई घेरेर नाराबाजी गरेका थिए। उनीहरुले टीके प्रथा खारेज गर, हनुमान नेता चाहिँदैन, विधान मिच्न पाइँदैन भन्दै नाराबाजी गरेका थिए।
नाराबाजीमा सहभागीहरुले उमेर हदअनुसार ३२ वर्ष तलको नेतृत्व संगठनमा ल्याउनुपर्ने माग गरे। विद्यार्थीहरुले चर्का नाराबाजी गरेपछि देउवा आक्रोशित गाली गरेर पार्टी कार्यालयमा छिरेका थिए ।
This will close in 20 seconds