2024-04-25

Close

 

राष्ट्रिय जनता पार्टीका केन्द्रिय सदस्य संजय कुमार चौधरीले नेपाल भारतका सीमा क्षेत्रका नागरिक बिच सम्बन्ध राम्रो रहेकाले यो केहि शासक वर्गलाई नपचेको र यसका विरुद्धमा सीमा विवाद देखाई तारजाली लगाउने षडयन्त्र भईरहेको बताउनु भयो । पहाड र मधेशका जनतालाई एकताको सुत्रमा बाँध्नमा असरफल हुदै आएको शासक वर्गले मधेशी माथि तमन गर्न गुरगामी सोचका साथ भारत संगको सिमानालाई सील गरी मधेशीलाई कमजोर बनाउन षडयन्त्र गरिरहेको बताउनु भयो।

उहाँले सीमा समस्या दुबै देशका सरकार बिच कुटनैतिक सम्बन्धका आधारमा समाधान गर्नुपर्ने बताउदै अहिले नियोजित तरिकाले मधेश विरुद्ध अभियान संचालन भएको बताउनु भयो । सीमित शासक वर्गको कारण नेपाली जनतालाई अमन चैन हुन नदिनको लागि भारत संग सम्बन्ध विगारेर सीमा क्षेत्रमा रहेका मधेशी जनतालाई दुःख दिन नियोजित घटना भएको संज्ञा दिएको छ । नेपालका सीमाबिदहरुले पटक पटक तारजाली लगाउनु पर्ने तर्क दिदै आएको कुरा समाचारमा आउने गरेको छ ।

यसरी सनियोजित तरिकाले मधेश संग सिमा जोडिएको दशगज्जा क्षेत्रमा तारजाली लगाउन नै सिमा विवाद देखाएको छ । विगतमा राजा महेन्द्रले नै गरेको सम्झौता अनुसार नै भारतीय पक्षले नक्सा तयार पारेको समेत भनाई आईरहेको अवस्था छ । उत्तरी क्षेत्रमा चीनले समेत नेपालको भुमी अतिक्रमण गरेको कुरा आएको छ ।

नेपाल भारत बिचको सम्बन्धलाई विगार्न र मधेशी जनता संग भारतको रोटिबेटीको सम्बन्धलाई विगार्न षडयन्त्र गरिरहेको देखिन्छ । चीनका राष्ट्रपति नेपाल आएको बेला अहिलेको कम्युनिष्ट सरकार संग भएको छलफल पछि बर्तमान सरकारको भारत तर्फको झुकानमा कमि आएको देखिन्छ । चीनको ईसारामा नै भारत संग जोडिएको सीमा क्षेत्रमा तनाब उत्पन्न गराई तार जारजाली लगाउन षडयन्त्र भएको हामीले समयमै बुझ्नु पर्छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds