2024-04-19

Close

काठमाडौं : नेपाली कांग्रेसको मधेसी तर्फको सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलका महेन्द्र यादव विजयी भएका छन् । उनले रामकृष्ण यादवलाई पराजित गरेका हुन् ।

महेन्द्रले २०२६ मत ल्याएर विजयी भएका हुन् । रामकृष्णले १८२० मत प्राप्त गरे । २०६ मतले पराजित भएका रामकृष्ण डा. शेखर कोइरालाको प्यानलबाट उम्मेदवारी दिएका थिए । विजयी भएका महेन्द्र र पराजित भएका रामकृष्ण दुबै धनुषाकै छन् ।

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गत सोमबार नयाँ नेतृत्व चयनका लागि मतदान भएको थियो । यससंगै विभिन्न क्लस्टरमा ८ पदका लागि भएको सहमहामन्त्रीको मतगणना सकिएको छ । यसअघि सभापति,उपसभापति र महामन्त्रीको मतगणना भैसकेको छ ।

कांग्रेसको आदीबासी जनजाती, खसआर्य, महिला, मुस्लिम, पिछडिएको क्षेत्र, मधेसी, दलित र थारु गरेर ८ वटा क्लस्टरमा सहमहामन्त्रीको निर्वाचन भएको हो l अब केन्द्रीय सदस्यको मात्रै मतगणना हुन बाँकी छ । मतगणना ललितपुरको सानेपास्थित कांग्रेस मुख्यालयमा भइरहेको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds