2024-04-26

Close

जनकपुरधाम,२६ कार्तिक । रौतहटमा प्रहरी जवानलाई लक्षित गरी बम प्रहार गर्ने भारतीय नागरिक पक्राउ परेका छन्। इशनाथ नगरपालिका–४ स्थित प्रहरी चौकी मठीया रौतहटमा डिउटीमा रहेका प्रहरी जवानलाई लक्षित गरी मंगलबार दिउँसो सुतली बम प्रहार गरेको घटनामा संलग्न भारतको ढाकाका २५ वर्षीय चन्दन कुमारलाई प्रहरीले पक्राउ गरेको हो।

 

बीआर ०५ एच ६५०९ नम्बरको मोटरसाइकलमा आएका २ जना व्यक्तिहरुले सुतली बम प्रहार गरी फरार भएपछि तत्काल उक्त प्रहरी चौकीको टोलीले उनीहरूलाई पिछा गरेको थियो।

चौकीदेखि करिब १ किलोमिटर दक्षिण नेपाल–भारत सीमा दशगजा नजिकबाट मोटरसाइकलका चालक कुमारलाई फेला पारी पक्राउ गरेको रौतहट प्रहरीले जनाएको छ। विष्फोटबाट डिउटीमा रहेका प्रहरी जवानलाई सामान्य चोट लागेको छ। चौकी नजिकै चौरमा चरिरहेको एउटा बाख्रोको मृत्यु भएको छ। घटनामा संलग्न एक जना फरार छन्।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds