2024-04-25

Close

विपिन कुमार यादव,२४ जेष्ठ । काठमाडौ – पर्सा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनीधिसभाका सांसद प्रदीप यादवले प्रदेश २ मा थप दुई अर्ब बजेट थपन मांग गरेका हुन ।

अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेको आ.व. २०७७÷७८ को बजेटमा एक रुपैया खर्च कटौतीको प्रस्वताव अन्तर्गत संशोधनको प्रस्वताव दर्ता गराई शनिबार संसदमा बोल्दै सांसद यादवले अन्तर सरकारी वितिय हस्तानान्तरण प्रदेश र स्थानीयमा आगमी वर्षको बजेटको खण्ड १ मा भएको विध्येकमा प्रदेश २ को लागि छुट्याईएको रकम समानिकरण अनुदान शिर्षक नं. २६३३१ मा २ अर्ब बजेट थप गर्ने मांग गरेका हुन ।

प्रदेश २ लाई छुट्याईएको रकम समपूरक अनुदानको शिर्षक नं. २६३३४ मा १ अर्ब ५ करोड थप गर्नु पर्ने मांग गरेका हुन ।

उनले भने, प्रदेश २ मा मानव विकास सुचाङक, गरिबीको दर अधिकतम, जनसंख्याको घनत्व बढि, कर पनि राम्रै उठाउने र कृषि उब्जनी पनि धेरै हुने भए पनि स्रोत बाँडफाँडमा यत्रो भिन्ता किन सभामुख महोदय ? संघ सरकारले दिन नखोजेको हो की ।

के आधारमा प्रदेश २ ले जम्मा २ करोड ७७ लाख पायो त ? जबकी गण्डकी प्रदेशले १ अर्ब उन्नचास करोड उन्नासी लाख पायो, सुदुरपश्चिमी प्रदेशले एक अर्ब छब्बीस करोड २९ लाख पायो । प्रदेश २ संग यत्रो भिन्नता किन ? भिखारी जस्तो प्रदेश २ लाई २ करोड दिएर हेप्न खोजेको हो ।

समाजवादी पार्टीका प्रभावशाली नेता समेत रहेका सांसद यादवले समानीकरण अनुदानमा कर्णालीलाई ९ अर्व ६३ करोड २९ लाख, सुदुरपश्चीमलाई ८ अर्व ७ करोड ६८ लाख बजेट दिनु तर प्रदेश २ लाई ७ अर्ब २ करोड १ लाख मात्रै बजेट दिएर अर्थमन्त्रीले किन विभेद गरेका हुन सभामुख महोदय भन्दै प्रश्न गरे ।

बजेट बाँडफाँडमा संघीय सरकारले षडयन्त्र गरेको भन्दै सांसद यादवले बजेट बाँडफाँडमा सन्तुलन भएन भने सर्बाेच्च अदालतमा मुद्दासेमत हाल्ने चेतावनी दिए ।

‘‘सरकारले प्रदेश २ लाई फेल गर्न छानिबिनी गरी कामै नलाग्ने कर्मचारी पठाउने गरेकोले कि त प्रदेशलाई कर्मचारी नियुक्ती गर्ने अधिकार देऊ, कि काम लाग्ने कर्मचारी पठाऊ,’’ उलने भने ।

‘आफ्नै ठाउँ र गाउँमा बजेट दिने । जनसंख्या र गरिबी भएको प्रदेशलाई कम बजेट, यति अन्याय किन ?,’ सांसद यादवको प्रश्न छ । संविधानलले प्राकृतिक श्रोत तथा वितिय आयोगको सिफारिसमा बाँडफाँड हुने भनेको छ ।

खै त सो आयोगको भुमिका र वैज्ञानिक वितरण प्रणाली भनेर प्रश्न गर्दै सांसद यादवले प्रदेश २ का जनतासंग भएको यो विभेद तत्काल संवोधन गर्न जोडदार मांग गरे ।

झण्डै ८९ प्रतिशत वजेट केन्द्रमा राखी ११ प्रतिशत बजेट मात्र प्रदेश र स्थानीयमा राख्नु संघीयता विपरित भएकोले यो बजेट कदापी स्वीकार्य नगरिने बताउँदै तत्काल प्रदेश २ लाई दिने बजेटमा संशोधन गर्न सभामुखलाई सांसाद यादवले ध्यानाकर्षण गराएका हुन ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds