2024-04-26

Close

जनकपुरधाम । जनता समाजवादी पार्टीका संघीय साँसद आफ्नो निर्वाचन क्षेत्र नम्वर २ को शहिदनगर र कमला नगरपालिकामा आईतवार एकै दिन तीन योजनाको शिलान्यास गरेका छन् ।


शहिदनगर नगरपालिका ९ स्थित गोठ कोयलपुरको गढी कुटीमा साँसद अरगरिया र मेयर उदय बरबरियाले संयुक्त रुपमा धर्मशालाको शिलान्यास गरेका हुन् । धर्मशाला निर्माणका लागि साँसद अरगरियाले संसदीय विकास कोषबाट १० लाख रुपैया उपलब्ध गराएका छन् ।

यस्तै साँसद अरगरियाले कमला नगरपालिका ९ स्थित नरहा कब्रस्थानको पर्खाल र ठेढामा शहिद बमभोला यादव (प्रदिप)को स्मारक निर्माणको शिलान्यास गरेका छन् ।

कब्रस्थानको पर्खाल निर्माणका लागि उनले आफ्नो संसदी विकास कोषबाटै ५ लाख र शहिद स्मारक निर्माणका लागि १० लाख रुपैया उपलब्ध गराएका हुन् । चार कट्ठा जग्गामा कब्रस्थान रहेको छ । सोको पर्खाल निर्माणमा थप १० लाख रुपैया लाग्ने मुस्लिम अगुवाहरुको आग्रह अनुसार साँसद अरगरियाले आवश्यक पर्ने रकम उपलब्ध गराउने प्रतिवद्धता जनाए ।

यस्तै शहिदनगर नगरपालिका ९ स्थित मस्जिदको मिनार निर्माण गर्न पनि साँसद अरगरियाले ५ लाख रुपैया उपलब्ध गराएका छन् । मस्जिदको निरीक्षण गर्दै उनले निर्माण कार्य अगाडी बढाउन मुस्लिम अगुवाहरुलाई आग्रह गरे । उनले थप रकम आवश्यक पर्दा उपलब्ध गराउने बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds