2024-03-29

Close

जनकपुरधामः हुलाकी राजमार्ग अन्तर्गत सिरहाको बसपिट्टा घाटस्थित निर्माणाधीन धनुषा र सिरहा जोडने कमला पुल भाँसिएको छ। यो पुल निर्माण कम्पनीले हस्तान्तरण नगर्दै भासिएको हो।

कमला नदीमा धनुषा जिल्ला र सिरहा जिल्ला जोडने सिरहाको बसपिट्टा घाटस्थित निर्माण भइरहेको कमला पुलको १२ वटा स्पानमध्ये पूर्वबाट पश्चिमतर्फको दोस्रो स्पान भासिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए।

कँडेलले भने ‘पुलमा १२ वटा स्पान बनाइएको छ। जसमध्ये सिरहातर्फबाट दोस्रो स्पान करिब एक फिट तल भासिएको हो। यसमा कमसल वस्तुको प्रयोग वा गुणस्तरहीन कार्य भएको हुन सक्छ।’

४२ महिनामा पुल निर्माण सक्ने ठेक्का पाएका पप्पु कन्सट्रक्सन र ज्यान जेभीले काम थालेका थिए। बीचबीचमा म्याद थपिदै अन्त्यमा लुम्बिनी बिल्डर्सले ठेक्का पाएको उनले बताए।

‘२०७८ साल असार १३ गतेसम्म पुल निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने सम्झौता थियो तर हस्तान्तरण गर्न बाँकी रहँदा कमला नदीमा आएको साधारण बाढीमै पुलको स्पान भासिनुले काम गुणस्तरहीन भएको हुन सक्ने अनुमान हाम्रो छ’ कँडेलले भने‘ पुल निर्माणको ठेक्का पाएको लुम्बिनी विल्डर्सले गुणस्तरहीन काम भएको भन्दै केन्द्रमा पत्र समेत पठाएका छौं।’२४ करोड ४२ लाख कुल लागतमा यो पुल निर्माण भएको थियो।

यो पुलको ठेक्का त्यतिबेला संघीय समाजवादी पार्टीको राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव मार्फत आफ्नो पार्टीको सांसद हरिनारायण रौनियार (पप्पु कन्सट्रक्सन) लाई दिएका थिए । यो भन्दा अगाडि पनि पप्पु कन्सट्रक्सनले बनाएको पुलहरु उद्घाटन नगरिकन कति ठाउँमा बगेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds