2024-04-25

Close

जनकपुरधाम : संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका प्रमुख राजेश कुशवाहालाई सीके राउतका कार्यकर्ताले गरेको दुर्व्यवहारप्रति नेपाल निजामती कर्मचारी आधिकारिक ट्रेड युनियनले घोर भर्त्सना गर्दै दोषीमाथि कडा कारवाहीको माग गरेको छ ।

लाठी तथा चिर्पट लिएर सयौँको संख्यामा पुगेका सीके राउतका कार्यकर्ताले कर्मचारीहरूलाई गाली बेइज्जती तथा कुट’पिट गरी आयोजना प्रमुख कुशवाहालाई लछारपछार गर्दै कार्यालयबाट बाहिर ल्याई ना’ङ्गै नगर परिक्रमा गराउनु गैरकानुनी र अराज’क भएको भन्दै ट्रेड युनियन धनुषाले त्यसको कडा रूपमा विरोध गरेको छ ।

कुनै राष्ट्रसेवक कर्मचारी गल्ती गरेको खण्डमा त्यसलाई दण्डि’त गर्ने अनेकन कानूनी प्रवधान हुँदाहुँदै राउतका कार्यकर्ताहरूले कानूनी राज्यलाई उपहास गरेको निजामती कर्मचारी अधिकारिक ट्रेड युनियन धनुषाका अध्यक्ष देवेन्द्र मिश्रले बताए । ‘राउतका कार्यकताद्वारा प्रमुख कुशवाहामाथि भएको घटनालाई हामी घोर भर्त्सना तथा दोषीमाथि कारवाहीको माग गर्छौं’, अध्यक्ष मिश्रले भने, ‘तर, भोलि बिहान सबै संगठनको बैठक राखेर थप आन्दोलनका कार्यक्रममा तय गर्छौं ।’

जनकपुरधाम उपमहनगरपालिका ८ स्थित बल्वा टोलमा सडक तथा नाला व्यवस्थापन नगरेको भन्दै डा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका प्रमुख राजेश कुशवाहालाई बन्धक बनाएर दुर्व्यवहार गरेका थिए ।

प्रमुख कुशवाहालाई नियन्त्रणमा लिएर जनकपुर घुमाइरहँदा प्रहरीहरु मुकदर्शक बनेको कर्मचारीहरूको गुनासो छ । प्रमुख कुशवाहालाई कार्यालयबाट निकाल्दै पिराडी चोक, रामानन्द चोकसम्म लछा’रपछार गर्दै घुमाइरहँदा प्रहरीले उनलाई उद्धार गर्न सकिरहेको थिएन ।

करिव ४०० को संख्यामा रहेका जनमत पार्टीका कार्यकर्ताहरूका अगाडि प्रहरी न्यून संख्यामा रहेकाले केही गर्न सकिरहेका थिएनन् । प्रमुख कुशवाहलाई नियनत्रणमै लिएर जनकपुरधाम उपमहनगरपालिकाको मूल गेटमा ल्याएपछि मात्र प्रहरीले उनलाई उद्धार गरेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds