जनकपुरधाम । कम्प्यूटर अपरेटरका विद्यार्थीहरुले आज पुनः मधेश प्रदेश लोकसेवा आयोग घेराउन गर्ने भएको छ ।
गत बर्षको माघमा स्थायी नियुक्तीको लागि प्रदेश लोकसेवालाई विज्ञापन गर्नको लागि ध्यानाकर्षण गराएपनि लोकसेवा आगोगले अहिलेसम्म कुनै प्रगति नदेखाएको भन्दै ताकेदा गर्न कम्प्यूटर अपरेटका विद्यार्थी पुनः लोकसेवा आयोग घेराउन गर्न लागेको अगुवा ईन्दु सिँहले बताईन् ।
लोकसेवा आयोगको तयारी गरिरहेका विद्यार्थीहरुले जागिरको लािग लोकसेवा आयोगले विज्ञापन खोल्नुपर्नेमा मात्र करारमा कर्मचारीहरु भर्ना गर्न लागेपछि पुनः आयोग घेराउको तयारी गरिएको हो ।
प्राविधिक तर्फका विद्यार्थीहरुले आफ्नो जुनुनले लोकसेवा आयोगको परीक्षा लडन तयारी भएपनि लोक सेवा आयोग नै कम्पयुटर अपरेटर तर्फ करारमा कर्मचारी भर्ना गर्न थालेपछि गत माघमै ध्यानाकर्षण गराउँदै विज्ञापन खुलाउन माग गरेको थियो ।
केन्द्र लोकसेवा आयोगसहित अन्य ७ प्रदेशमध्ये ६ प्रदेशमा प्रदेश लोकसेवा आयोगले विज्ञापन खुलाएपनि मधेश प्रदेशको लोकसेवा आयोगले अझै विज्ञापन खुलाएको छैनन् । स्थानीय निकायदेखि प्रदेशसम्म मात्र करारका कर्मचारी खटाउन थालिएको विरोध गरिएको हो ।
विद्यार्थीहरुले अहिले केही बेरमै जनकपुरको बाह्रविघामा जम्मा भएर मधेश प्रदेश सरकार र मधेश प्रदेश लोकसेवा आयोगको कार्यालयमा समेत तागेदा र ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेको छ ।
विद्यार्थीहरुले सरकारी जागिर गर्न पढनै नपर्ने भनेर प्रश्न समेत गरेका छन् । उनीहरुले केही मात्र पढेर पनि सरकारी कार्यालयमा करारको कर्मचारी भएर जागिर गर्न पाउँछन् भने यतिको किन पढने रु भने प्रश्न गरेका छन् ।
मधेश प्रदेशको लोकसेवा आयोगले अहिलेसम्म एउटा पनि परिपक्क विज्ञापन निकालेका छैनन् ।
This will close in 20 seconds
This will close in 0 seconds