रुपन कुमारी (माही) ले जनकपुरमा खोलिन् एक्सप्रेस ब्यूटी स्टुडियो, ग्राहकलाई १५ प्रतिशत छुट

जनकपुरधाम । मधेश प्रदेशका राजधानी जनकपुरधामको कदम चौक देखि गंगसगर पोखरी जाने बाटोमा एक्सप्रेस ब्यूटी स्टुडियो संचालनमा आएको छ ।

माही नाम परिचित टिकटक स्टार रुपन कुमारी यादवले ‘एक्सप्रेस ब्यूटी स्टुडियो’ संचालनमा ल्याएकी हुन् ।

बिज्ञापन

सो स्टुडियोमा ब्यूटी पार्लरलगायत महिलाका लागि आवश्यक कस्मेटिक सामाग्री, विवाहको सामाग्री, सिंगारको सामग्रीहरु पाइने संचालिका यादवले बताइन् ।

स्टूडियो उद्घाटनका अवसरमा एक महिनासम्म १५ प्रतिशत छुट दिने घोषणा संचालिका यादवले गरेकी छन् ।

जनकपुरधाममा रहेकी महिलाहरुलाई ब्यूटी पार्लर गर्न आउनेहरुको लागि एउटा रोजगारीको समेत अवसर रहेको छ । काम गर्न ईक्छुक महिलाहरुले २ -४ घण्टा काम गरेर पैसा कमाउन सकिन्छ ।