अप्पन जनकपुर
जनकपुरधाम । कृष्णा फाउण्डेशन जनकपुरधामका भ्वाइस प्रेसिडेण्ट सुजीत कुमार कर्णले वाटरल्यान्ड पार्कमा भएको तोडफोड तथा झडप दुःखद रहेको र यो घटना उत्श्रृखल समूहले गरेको बताएका छन् ।
जनकपुरमे शनिवार पत्रकार सम्मेलन गरी भ्वाइस प्रेसिडेण्ट कर्ण विद्यार्थीहरुका लागि यो भन्दा अघिपनि नेपालको विभिन्न ठाउँमा यस्ता कार्यक्रम गर्दै आएको छ ।
धनुषमा पनि शनिवार राखेको थियो । सो कार्यक्रममा सहभागी विद्यार्थीहरुका लागि एक सय रुपैया एमिसशन फ्रि मात्र राखेको थियो । जम्मा ११ सय विद्यार्थीले मेरो कार्यक्रममा एडमिट भएको हो ।
तर प्रवेशकै क्रममा केही उत्श्रृखल समूहले यस्ता घटना घटाएको बताएका छन् । करीब दुई सयको संख्यामा आएका उत्श्रृखल व्यक्तिहरु थिए ।
उनीहरुले बिना एडमिट कार्ड देखाएर प्रवेश गर्न खोज्दा त्यसलाई नियन्त्रण गर्ने क्रममा यस्तो घटना घटेको भ्वाइस प्रेसिडेन्ट कर्णले भने ‘घटना दुःखद हो, हामी क्षमा चाहन्छौं ।
तर घटनामा फाण्डेशन दोषी छैन । उहाँले फाउण्डेशनले लगाएको स्टलहरु पनि तोडफोड गरिएको छ । कतिको क्षति भएको त्यो तत्काल यकिन गर्न सक्ने अवस्थामा रहेको बताउनुभयो ।