सहकारीको ठगी धन्धा : किसानलाई तोकिएको भन्दा बढी मूल्यमा रसायनिक मल बिक्री गरेको वडाध्यक्षको आरोप

जनकपुरधाम । धनुषाको विदेह नगरपालिका–१ ठाढीस्थित शिवशंकर कृषि सहकारी संस्थाले तोकिएको मूल्य भन्दा बढीमा रासायनिक मल बिक्री गर्दै आएको आरोप लागेको छ ।

नेपाल सरकारको कृषि सामग्री संस्थानमार्फत सहकारीलाई वितरणका लागि उपलब्ध मल नगर परिषद्को निर्णयअनुसार डिएपी प्रति बोरा २५०० र युरिया १००० रुपैयाँमा बिक्री हुने व्यवस्था छ ।

बिज्ञापन

तर शिवशंकर कृषि सहकारीका सञ्चालक विजय राउतले डिएपी २६०० र युरिया ११०० रुपैयाँमा खुलेआम बिक्री गरेको वडाध्यक्ष संजय पाण्डेले आरोप लगाएका छन् ।

उनले किसानसँग असुलिएको अतिरिक्त रकम तत्काल फिर्ता गर्न सम्बन्धित निकायलाई आग्रह गर्दै नगरपालिकाका मेयर र उपमेयरलाई छानबिन गर्न अनुरोध गरेका छन् ।